ठमेलमा अन्तर्राष्ट्रियस्तरको क्लासिक रक क्याफे

काठमाडौं । राजधानीको महत्वपूर्ण पर्यटकीय स्थल ठमेलमा अन्तर्राष्ट्रिय स्तरको क्लासिक रक कफी क्याफे एण्ड बार सञ्चालनमा आएको छ ।

क्याफे अमेरिकन फाइन्चाइस हो । ग्राहकलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद प्रदान गर्ने उद्देश्यका साथ ठमेलको ठहिटी चोकमा सञ्चालित क्लासिक रकमा कफी, विभिन्न कन्टिनेन्टल फुड, कक्टेल, मक्टेलका साथै नेपाली लोकप्रिय परिकार मम समेत उपलव्ध हुनेछ ।

विदेशी पर्यटन र स्वदेशी दुवैलाई लक्षित गरी सञ्चालनमा ल्याइएको क्याफेको मुख्य आकर्षणका रुपमा अमेरिकी प्रविधिमा उत्पादित कफी र स्मोकिन जोज पिजा रहेको सञ्चालक पान्देन रोटाले बताएका छन् । कार्पेट उद्यमीसमेत रहेका रोटाले क्याफेलाई क्रमिक रुपमा राजधानीका अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने लक्ष्य रहेको जानकारी दिए ।

अमेरिकाबाट विभिन्न मुलुकमा विस्तार भएको क्लासिक रक कफी क्याफे बार हाल भारत, पाकिस्तान, दुवइ, कतार र नाइजेरियालगायतका मुलुकमा विस्तार भइसकेको छ । रोटाका अनुसार हाल यो क्याफे अमेरिकाका विभिन्न ५० स्थानमा सञ्चालनमा रहेको छ । उद्घाटनको अवसरमा १० प्रतिशतसम्म छुट दिइएको उनले बताए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..