हजुरआमाको विवाह

गर्लफ्रेन्ड

रामेः यार ! गर्ल फ्रेन्ड र परीक्षा एकै जस्तो हुन्छ।

श्यामः त्यो कसरी ?

रामः दुवैमा धेरै सारा प्रश्नहरु हुन्छन् । बढीजस्तो बुझिन्न । आवश्यकताभन्दा बढी सम्झाउनुपर्छ र परिणाम पनि एकैजस्तो– जहिले पनि फेल

२.

हजुरआमाको विवाह

मालिक :(विजयसँग) तिमीले यो वर्ष चार पटक हजुरआमा मरेको भन्दै विदा लियौ । अब फेरि के भयो ?

विजयः मालिक यो वर्ष मेरी हजुरआमाको विवाह छ।

३.
विवाहपछि के तिमी मलाई विवाहपछि पछि पनि यति नै माया गर्छौ?

युवक : यो सब त तिम्रो श्रीमानमाथि निर्भर हुनेछ । यदि उ यस्तै चाहन्छ भने म तिमीलाई निश्चय नै माया गरिरहनेछु।

४.
म्यारिज ब्युरो

रमनः मैले मोबाइल म्यारिज ब्युरो सुरु गरेको छु । सम्बन्धका लागि १ दबाउनुस् । माग्नका लागि २ दबाउनुस र विवाहका लागि ३ दबाउनुस ।

जीवनः अनि दोस्रो विवाहका लागि के दबाउने नि ।

रमनः दोस्रो विवाहका लागि पहिलोको घाँटी दबाउनुस्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..