रगतको बाढी=शशी लुमूम्बू

हर्रिएर आउंछ र बज्रन्छ कानमा

आंखामा/छाती र मस्तिष्कमा

कञ्चन सपनाहरुको असामयिक मृत्यु

र, कम्पन छुट्छ नश्वर शरीरभरि !

हिंसाले पहाड जलिरहेको

धुंवाको कालो मुस्लोभित्र

कहालिंदै/चिच्याउंदै

शून्यतामा बिलिन भइरहेका

नानीहरुका आखिरी आवाज

ह्वारह्वार्ती सल्किरहेको

आतंकको लप्कासंगै

करुणाको गहिरो सागरमा

आर्तनाद रोइरहेका

अभागिनी आमाका आंसुहरु

र, छाती पिट्दापिट्दै मुर्छित बाबुहरु

ओ ऽऽऽऽ बुद्ध ! आंखा खोल आंखा

बढिरहेछ नदीमा रगतको बाढी !

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..