भिक्षुणीहरु-अनमोलमणि

कुमारी जून जस्तै यौवन बोकेर

रहर फुलेका आंखा अघि

मरुभूमि तुल्य हृदय लिई

कुनै प्रेमीको बाटो कुरेर बसेकी बुढी कन्याजस्तै भएर

बलिरहेको दियोसंगै कामुकता बालेर मनभरि

भिक्षुणीहरु सांझ विहान

कुमारी रहनुको पीडा दवाएर

ओंठले जप गरिरहेछन् –गुम्बामा ।
000
छचल्काएर कल्कलाउंदे वैंश

प्यासी प्रेमीको प्यास मेटाउनेहरु

उतौलिंदा गुम्बाअघि

वेगले चल्छ धैर्यको ढुकढुकी

वस्त्रै जस्तो फुङ्ग उडेको अनुहारको चमकतामा

पसिनै पसिनाले भरिन्छ वैंशको अम्खोरा

0000
गिज्याउंछन् हररात ताराहरु आकाशबाट–

‘धन्य यौवनले भरिपूर्ण तंसंग वासना छैन है ’

औंशीको रातजस्तोे कालो बनेर छाउंछ

र पाप संग दाजिन्छ वासनाको कल्पना ।
000
विगतको अनुहारमा हेरेर चाउरिएको अनुहार

सम्झेर फूलजस्तो झरझराउंदो वैश

र हिउंजस्तो कल्कलाउंदो यौवन

अर्तीको प्रवचन सुनाउने बुढी भिक्षुणी भन्छे

किशोरीहरुलाई गुम्बामा –

‘हेर्न सक्दिनं म यौवनको ऐना

तिम्रो यौवनको ऐनामा मेरो चाउरिएको अनुहार देख्दा

बुद्ध कसम

मलाई तिम्रो यौवनको मायाले पिरोल्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..