दुनियाँका सबैभन्दा अनौठा १० होटल (फोटो फिचर)

यदि तपाइँ लक्जरी होटलमा बसेर दिक्‍क हुनु भएको भने तपाइँलाई अनेक विकल्प छन् । दुनियाँमा यस्ता अनौठा अनौठा होटल छन् तपाइँलाई सुन्दा पनि अचम्म लाग्छ ।

कार होटल जर्मनीः

यदि तपाइँलाई कार भनेपछि हुरुक्कै हुन्छ भने जर्मनी जानुस् । त्यहाँ मर्सिडिज कारका ओच्छ्यान सहितको होटल छ । यो होटलमा सबै कोठा कारको आकारमा छन् भने सबै कुरामा कारकै चित्र र झल्को छ । यो होटल वाल मैत्री छ । सबै कोठामा इन्टरनेट र पार्किङ समेत छ ।

आन्द्रा होटल बेल्जियमः

बेल्जियमको केमाजेकेमा रहेको कासआउन्स होटल मानव आन्द्रा जस्तो देखिन्छ । यसलाई कलाकर्मीहरुले नै सञ्चालन गरिरहेका छन् । यो बाहिरबाट त्यति आकर्षक नलागेपनि भित्र भने राम्रो सुविधा छ ।

डास पार्क होटल अष्ट्रेलियाः

अष्ट्रेलियाको लिन्जमा रहेको होटल पार्क नै पार्क रहेको होटल हो । प्रत्येक कोठामा बेड र लाइट पावर छ । यसमा अनौठो कुरा प्रत्येक कोठाको छेउँमा क्याफे छन् ।

नुनको होटल बोलिभियाः

बोलिभियाको ग्रेट सालार डे युआनी नामक समुन्द्री किनारमा अवस्थित पालासियो डे साल नामक यो होटल पूर्णत नूनले बनेको होटल हो । यसका सबै भित्ता भुइँ र कुर्सी समेत नुनले नै बनेका छन् । यसमा रहेका पलङ पनि नूनले नै बनेका राखिएको छ ।

कुकुर होटल अमेरिकाः

यदि तपाइँ कुकुर प्रेमी हुनु हुन्छ भने तपाइँको छनौटमा पर्न सक्छ अमेरिकाको इडाहोस्थित कुकुर होटल । यसको आकार नै कुकुर जस्तो छ । यसमा अन्य सामान्य सुविधा छन् तर टेलिभिजन र टेलिफोन सुविधा छैन । यसमा विहानको खाजा आफै सर्व गरेर खानु पर्छ ।

पुस्तकको होटल न्यूजिल्याण्डः

दि होब्बीट मोटेल न्युजिल्याण्डमा रहेको चर्चित अनौठो होटल हो । यहाँ हरेक कोठामा पुस्तकालय छन् । यदि तपाइँ पुस्तकप्रेमी हो भने ५ जना साथी लिएर यहाँ जान सक्नु हुन्छ ।

जिरो स्टार होटल स्वीटजरल्याण्डः

स्वीटजरल्याण्ड टेउपेन एपन्जरल्याण्‍डमा रहेको यो होटललाई दि वर्ल्ड फष्ट जेरो स्टार होटल भन्ने गरिएको छ । यो होटल एउटा चिसो युद्धकालीन बंकरमा बनाइएको छ । यसमा २ कोठा छन् जहाँ १४ जना अटाउँछन‍् ।

क्याप्सुल होटल जापानः

जापानमा क्याप्सुल होटल निक्कै प्रसिद्ध छन् । यस्ता क्याप्सुल होटल केवल १ देखि २ मिटर फराकिला हुन्छन् । तर ति साँघुरा होटलका कोठामा पनि टेलिभिजन र वायरलेस इन्टरनेट सुविधा हुन्छ । तर यस्ता होटलभित्र बसेर खाना भने पाइँदैन । बाथरुम मिलेर चलाउनु पर्ने यस्ता होटल असाध्यै सस्ता हुन्छन् ।

हिउँको होटल स्वेडेनः

यदि तपाइँलाई नयाँ नयाँ अनुभव लिन मन पर्छ भने स्वेडेनको ल्यापल्याण्ड स्थित आइस होटल । यो होटल प्रत्येक हिउँदमा पुनःनिर्माण गरिन्छ । यो आइस होटलमा ६५ कोठा छन् । यहाँका कोठाभित्र निक्कै चिसो हुन्छ भने बाहिर १५ केही न्यानो हुन्छ । यहाँ आइस बार र रेष्टुराँ समेत छ ।

जंगल होटल स्वेडेनः

यदि तपाइँलाई प्राकृतिक वातावरणमा रमाउन मन पर्छ भने स्वेडेनको कोलार्विनमा रहेको जंगल होटलमा जानुस् । त्यहाँ तपाइँले सबैकुरा प्राकृतिक महसुस् गर्नु हुनेछ । यहाँको वातावरण पुरै शान्त र रमणीय छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..