एउटी आमाको बाध्यता, सन्तान बचाउन आफ्नै दुध बेच्दै सडकमा

चीनमा एउटी आमा आफ्नो छोरीको उपचारका लागि रकम जुटाउनका लागि सडकमा आफ्नै दुध बेचेर सामाजिक सञ्जालमा चर्चामा छिन् । मियाओ भिडियो वेभसाइटले उनको एउटा भिडियो पोष्ट गरेको छ ।

भिडियोमा एक जना आमा र बाबु आफूहरुले आफ्नो बच्चाको उपचारका लागि कम्तीमा पनि एक लाख युआन आवश्यक रहेको बताएका छन् ।उनीहरुका छोरी अस्पतालको आइसीयुमा भर्ना रहेको उनीहरुले बताएका छन्।

चीनको सामाजिक सञ्जाल प्लेटफर्म वीबोमा यो भिडियो शेयरभएपछि २४ लाख बढीले हेरिसकेका छन्।भिडियोमा ५हजार बढी कमेन्ट आएको छ।

यो भिडियो केटाकेटीको एउटा पार्कमा फिल्माइएको हो । जुन चीनको गुवान्डुंग प्राप्तको एउटा ठुलो शहर शेन्जनमा अवस्थित छ ।

आमाका अनुसार उनले चाँडै रकम संकलन गर्नका लागि आफ्नो दुध बेचिरहेकी छन् किनभने उनकी एउटा छोरी आइसीयुमा भर्ना छिन्। बच्चीका पिताका अनुसार उनलाई अस्पतालले ‘एक लाख युआन’ तिर्न भनेको छ। डाक्टरले भनेका छन् कि बच्चीको उपचारपछि उक्त रकम तिर्न तयार हुनुपर्नेछ ।

हालैका केही वर्षमा चीनमा स्वास्थ्य व्यवस्थामाथि प्रश्न उठिरहेको छ कि त्यहाँका मेडिकल सेन्टर्समाथि निकै दबाव बढेको छ। र,मानिसहरु लाइनबाट बच्नका लागि अतिरिक्त पैसा दिइरहेका छन्।

यो भिडियोमा मानिसहरुले भावुक प्रतिक्रिया दिएका छन् । र यो भिडियो शेयर गर्दै लेखेका छन्–सेल मिल्क, सेभ गर्ल ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त बाटो भएर हिड्नेहरुलाई ‘बच्चीका आमाबाबु’लाई पैसा दिन अपिल गरिरहेका छन् । साथै केहीले भनेका छन् कि यदि उनीहरुले ती आमाबाबुलाई देखे अवश्य सहयोग गर्नेछन्।

यद्यपि केही सामाजिक सञ्जाल प्रयोगकर्ता यस्ता पनि थिए,जसले उनीहरुप्रति खासै सहानुभूति देखाएका छैनन्। एक जना व्यक्तिले ब्रेस्ट मिल्क बेच्नुलाई ‘सहयोग माग्ने एउटा अश्लिल तरिका’ भन्दै यसलाई गलत बताएका छन्।

एक जना व्यक्तिले लेखेका छन्–सबैले बुझ्न सक्छन्कि तपाई बाध्यतामा हुनुहुन्छर तपाईलाई सहयोग आवश्यक छ ।तर, आफ्नो दुध बेचेर तपाई आफ्नो प्रतिष्ठा कसरी कायम राख्न सक्नु हुन्छ ।

तर, एक जना व्यक्तिले विरोधमा आइरहेको कमेन्टको आलोचना गर्दै भनेका छन्–यो कयौ आमाबाबुको प्रेम हो…जो मानिस उनीहरुका विषयमा गलत बोलिरहेका छन्, उनीहरुले सोच्नुपर्ने हो कि यदि त्यो तिम्रो सन्तान हुन्थ्यो भने के तिमी आफ्नो अनुहार बचाउँथ्यौ कि आफ्नो सन्तानको जिन्दगी ? बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..