लौ सुरु भयो टेलिकमको प्रिपेड मोबाइलमा सापटी योजना

काठमाडौ ।नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सापटी योजना सुरु गरेको छ ।

कम्पनीको १५ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा पारेर सापटी योजना कार्यान्वयनमा ल्याएको हो । सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सापटी योजनाको औपचारिक आरम्भ गर्नुभएको हो ।

सापटी योजनाका लागि कम्पनीले नमस्ते क्रेडिट सेवा आगामी एक महिना भित्र व्यवसायीक रुपले सञ्चालनमा ल्याउने जनाएको छ । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले निर्ब्याजी सापटी योजना कार्यान्वयन गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।

बार्षिकोत्सव कार्यक्रममा सञ्चार मन्त्री बस्नेतले बिभिन्न आरोह अवरोहका बिच नेपालको सञ्चार क्षेत्रलाई अघि बढाउन मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले मुलुकभरका बिशेष स्थानमा निशुल्क ईन्टरनेट पुराउन तिव्र रुपमा काम गरिरहेको भन्दै केहि क्षेत्रबाट यसको विरोध भएको भन्दै गुनासो गर्नुभयो ।

त्यस्तै टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले मुलुकभरको सबै स्थानमा छिटै फोरजी सेवा सुरु हुने र अहिलेसम्म करिव ५ लाख ग्राहकले यसको सेवा लिईरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अतिरिक्त क्रियाकलापका बिजयीहरु तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । हाल जीएसएम मोबाइलका ग्राहक एक करोड ६२ लाख २५ हजार, सीडीएमए सेवाका १६ लाख ५० हजार तथा पीएसटीएन सेवाका ग्राहक ६ लाख ८२ हजार रहेको टेलिकमले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..