ज्ञानेन्द्र शाहले दलहरुलाई यस्तो अर्ति दिए

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताउनुभएको छ ।

दुई साता लामो भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने क्रममा सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै उहाले प्रकृतिबाट पनि सिक्न सकिने भन्दै रुखका पातहरु झरे पनि, फेरिए पनि जरा कहिल्यै नफेरिने बताउनुभयो ।

’लोपोन्मुख’ भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूर्व राजा भारतको उडिसा जानुभएको हो । उहाले भारतमा रहँदा हिन्दुत्वको विषयमा पनि कुराकानी हुने संकेत गर्नुभयो ।

शाहलाई विदाइ गर्न समर्थकहरु राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए । समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी पनि गरेका थिए ।
यसअघि मिडियामा खबर नगरी थुप्रै पटक भारत भ्रमण गरिसकेका पूर्व राजा शाह यस पटक भने प्रेस विज्ञप्ति नै जारी गरी भारत जानुभएको हो ।

बुधबार उडिसाको राठीपुरमा हुने अन्तराष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्र शाहलाई ’नेपालका राजा’कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको छ । सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..