
नयाँ दिल्ली । भारतमा आज ७० औं गणतन्त्र दिवस मनाइँदैछ ।
संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ । हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइने गरिन्छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो ।
ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा विभिन्न देशमा रहेका दूताबासमा यो दिवस मनाउने गरिन्छ ।
दिवसको अवसर पारेर भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न कार्यक्रमको आयोजना समेत गरिएको छ ।