फेक न्युजपछि फेकपोर्नको बिगबिगी, जस्को तस्वीरबाट पनि अश्लिल भिडियो बनाएर बदनाम गर्ने त्रास

पछिल्लो साता ‘डिपफेक्स’ का धेरै घटना सार्वजनिक भएका छन्, जसमा कुनै अभिनेत्रीको अनुहार कुनै अर्कैको शरीरमा लगाएर पोर्न भिडियो बनाइँदैछ ।यसप्रकारको भिडियो बनाउन अब सजिलो पनि भएको छ । मानिसहरुको सेक्शुअल फैन्टासीलाई इन्टरनेटको माध्यमबाट पूरा गर्नका लागि यसप्रकारको भिडियो बनाइने गरेको छ।

यो प्रविधिको प्रयोगको परिणाम गम्भीर पनि हुन सक्दछ । अहिले फेक न्युजले जुन संकट निम्ताइरहेको छ, त्यो अहिले सुरुवाती चरणमै छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारलाई लिएर कयौ भिडियो बनाइएका छन् । यो भिडियो स्पुफ हो । तर, कुनै विशेष उद्देश्यले प्रचारमा यसको प्रयोगबाट पार्न सक्ने प्रभावको कल्पना गर्न सकिन्छ ।

विभिन्न संस्था र कम्पनीहरु यसबारेमा जागरुक र तयार छैनन् । जुन वेभसाइटमा यस्ता सामग्री आइरहेको छ, उनीहरु नजर राखिरहेका छन् । तर अधिकांशलाई थाहै हुने गरेको छैन कि के गर्ने हो । यो प्रविधिका साथ अब प्रयोग हुन लागेको छ । यहाँ उत्सुकता छ किनभने यसबाट चर्चित अनुहार अचानक सेक्स टेपमा देखिन थाल्नेछ ।

कसरी बन्छ डीपफेक्स ?

यस्ता भिडियो बनाउन प्रयोग हुने सफ्टवेयरका डिजाइनर भन्छन् कि सफ्टवेयर सार्वजनिक गरिएको एक महिनाभित्रै एक लाखपटक भन्दा बढी यो डाउनलोड भइसकेको छ। सेक्शुअल भिडियोसँग छेडछाड एक शताब्दीदेखि नै हुँदै आएको छ, तर त्यतिबेला यसलाई बनाउन निकै कठिन थियो ।

अब यो एडिटिङ मात्र तीन स्टेप्समा पूरा हुन्छ । कुनै व्यक्तिको तस्वीर जुटाउनु, एउटा पोर्न भिडियो छान्नु र फेरि प्रतिक्षा गर्नु । बाँकी काम तपाईको कम्प्युटरले गरिदिनेछ । यद्यपि यसले एउटा छाटो क्लिपका लागि ४० घण्टासम्म समय लिन सक्छ ।

अधिकांश लोकप्रिय डीपफेक्स ठुला हस्तीहरुको हुने गर्दछ । तर यो कसैका लागि पनि प्रयोग हुन सक्दछ, जसको बढी र सफा तस्वीर पाउन सकिन्छ ।

यो पनि अब मुश्किल काम रहेन, किनभने मानिसहरु सामाजिक सञ्जालमा आफ्नो धेरै सेल्फी अपलोड गर्ने गर्दछन् । यो प्रविधि संसारभर सबैको ध्यान खिचिरहेको छ । हालै दक्षिण कोरियामा इन्टरनेटमा ‘डीपफेक’को सर्च बढेको छ ।

सेलिब्रेटिज जस्को अनुहार प्रयोग भयो

डीपफेकका लागि केही हस्तीहरुको अनुहार बढी प्रयोग भएको छ । हलिउड अभिनेत्री एमा वाटसनलाई डीपफेकमा धेरै प्रयोग गरिएको छ । उनका साथै मिशेल ओबामा, इवांका ट्रम्प, केट मिडलटनको पनि डीपफेक बनाइएको छ।

केही वेभसाइटले यसप्रकारको कन्टेन्ट शेयर गर्ने सुविधा दिएका छन्, अब यस विषयमा विकल्पमाथि विचार गर्न थालिएको छ। एउटा इमेज होस्टिङ साइट जिफकैटले त्यस्तो पोस्ट हटाएको थियो जुन डीपफेक्समा पाइएको थियो ।

गगलले पहिला पनि यसप्रकारका कन्टेन्टको सर्चलाई मुश्किल बनाउनका लागि केही कदम चालेको थियो । तर अहिले पनि भन्न कठिन छ कि यस मामिलामा सुरुवातीस्तरमा गुगलले कुनै कदम चाल्नेछ ।

पछिल्ला वर्षहरुमा यस्ता वेभसाइटले तथाकथित ‘रिभेन्ज पोर्न’ को समस्याको सामना गरे । यसमा कुनै व्यक्तिलाई बदनाम गर्नका लागि बिना अनुमति उनीहरुको वास्तविक तस्वीर पोस्ट गरिन्छ । डीपफेक्सले यस्ता कुराहरुलाई झनै मुश्किल बनाइदिएको छ । झुटो भिडियोहरुको मानसिक पीडा साँच्चिकै हुन्छ ।बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..