७० वर्षीया वृद्धा बलात्कार गर्दागर्दै विक स्थानीयको नियन्त्रणमा

काठमाडौँ । मुस्ताङमा बृद्ध महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा घोरपझोङ गाउँपालिका–१ चिमाङ बस्ने ३१ बर्षीय सुनबहादुर बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विकले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ७० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीमा एक युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा खोटाङ दिप्रुङ गाउँपालिका–३ बस्ने २२ बर्षीय नबिन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले गत पुस १३ गते धनकुटाको चौबिसे गाउँपालिका–५ घर भई सुनसरीको धरान उपमहानगरपालिका–१६ बस्ने २० बर्षीया युवतीलाई सोही उपमहानगरपालिका–२ स्थित संखुवासभा होटलको कोठा नम्बर १०२ मा लगेर जवरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय धरानमा सोमबार जाहेरी प्राप्त भएपछि राईलाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुरमा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–५ सृजनानगर डेरा गरी बस्ने सर्लाहीको बरहथवा घर भएका २२ बर्षीय अमिर पण्डित र सोही ठाउँ घर भई काठमाडौँ बानेश्वर बस्ने २८ बर्षीय सन्दिप रायलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले सोमबार राति सिन्धुपाल्चोक बाह्रबिसेकी १५ बर्षीया र मध्यपुर ठिमी नगरपालिका–८ चपाचोककी १४ बर्षीया बालिकालाई कोठामा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले १ थान चक्कु सहित नियन्त्रणमा लिएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..