अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुराइए

काठमाडौ । मानव तस्करहरुले अवैधानिक रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा साउदी अरब पुर्याएका छन् ।

अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्याइएको हो ।  हाउसमेडमा पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन् ।

साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो ।

कुवेतको आवासीय भिसा लगाई अस्थायी रुपमा साउदी पुर्याइएका महिला कामदारको संख्या भने यसमा समावेश छैन ।

कुवेत वा साउदीबाट फर्केका महिलालाई पुनः श्रमस्वीकृति गरी पठाइएको छ । कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..