ताइवानमा भूकम्पको जोडदार धक्का, कयौ भवन तहसनहस

ताइवान । ताइवानको हुआलिन सशरमा ६.४ तिब्रताका भूकम्प गएको छ। जसका कारण कयौ भवनमा ठुलो क्षति पुगेको छ।

ताइवानी अधिकारीहरुका अनुसार भूकम्पका कारण अहिलेसम्म दुई जना मारिएको पुष्टि भएको छ । घटनामा सयौ घाइते भएका छन् । भूकम्प स्थानीय समय अनुसार राति ११.५० मा गएको हो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीरहरुमा ठुलाठुला भवनहरुमा निकै ठुलो क्षति पुगेको देखाइएको छ।

खबर अनुसार आंशिक रुपमा धराशायी भएको एउटा होटलमा धेरै नागरिक फसेका छन् ।उनीहरुलाई निकाल्ने प्रयास जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय संचार माध्यमका अनुसार दश तले मार्शेल होटलमो बेसमेन्ट र ग्राउन्ड फ्लोरमा होटलका कम्पतीमा पनि तीन कर्मचारी फसकेको आशंका गरिएको छ। एक प्रत्यक्षदर्शी जीना स्टारबकले बीबीसीसँग भनिन्–हामीलाई थाहा छ कि होटलमा कयौ मानिस फसेका छन्, होटलभित्र लाइट बलिरहेको देखिएको छ । भित्र फसेका नागरिकहरु आफ्नो मोबाइलबाट बत्ती बालेर आफू फसेको सूचना दिइरहेका छन् ।

हुआलीन दमकल विभागका अनुसार जुन भवनमा कम क्षति पुगेको छ, त्यहाँबाट कम्तीमा पनि २८ जनालाई सकुशल उद्धार गरिएको छ।
यसका साथै आपतकालीन सेवाका कर्मचारीहरुको सहयोगाक लागि सेना परिचालन गरिएको छ । भूकम्पका कारण हाइवे र पुलमा पनि ठुलो क्षति पुगेको छ ।

ताइवानको भौगोलिक स्थिति यस्तो छ कि त्यहाँ दुई भूगर्भीय प्लेटहरु आपसमा मिलेका छन् । यसका कारणबाट भुकम्प नियमित रुपमा आइरहने गर्दछ । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..