प्रदेशमा सभामुख, उपसभामुखलगायतको निर्वाचन प्रक्रिया सुरु

काठमाडौ । राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । ३२ सदस्यीय पदका लागि निर्वाचन हुन लागेको हो ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको छ ।प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, अन्यतर्फ तीन जना, एक दलित र एक अपांगता (अल्पसंख्यक) सहित आठ जना निर्वाचित हुने व्यवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ । ५६ मध्ये २४ जना निर्विरोध निवार्चित भएकाले बाँकी ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी एक हजार पाँच सय ६ र सातै प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुलदुई हजार ५६ मतदाता छन् ।

प्रदेश २ बाट आठ जना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित भइसकेकाले अन्य ६ प्रदेशमा मात्रै निर्वाचन हुने आयोगले जनाएको छ । आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आज निर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ३२ जना निर्वाचित गर्नका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..