अनलाइन प्रविधिले महिलामा यस्तो यौन चाहना विकसित गर्दै

डिजिटल प्रविधिको सहयोगमा अब पहिलाको तुलनामा धेरै महिला अनलाइन पोर्नोग्राफी हेरिरहेका छन् । यसबाट उनीहरु आफ्नो कामुकता खोज्ने र अरुका साथमा नयाँ यौन व्यवहार र सेक्शुअल टोयजको प्रयोगजस्ता विषयमा छलफल गर्नका लागि सहयोग पुगेको छ।

क्यानडाको युनिभर्सिटी अफ वाटरलुका शोधकर्ताहरुका अनुसार निजी कम्प्युटर र स्मार्टफोनले महिलाहरुका लागि सेक्शुअल सामग्री खोज्न अरु आरामदायी बनाइदिएको छ। जुन पारम्पारिक तरिकाबाट उनीहरुका लागि कम आरामदायी थियो ।

शोधकी सहलेखिका डायना पेरीले भनिन्–हामी वर्तमान शोधबाट यो कुरा थाहा पाउँछौ कि अनलाइन पोर्नोग्राफी हेर्ने मानिसहरु सबैभन्दा तिब्रताका साथ बढ्ने समूहका रुपमा महिलाहरु सबैभन्दा अगाडि छन् । र, यो शोधबाट हामी यो बुझ्न चाहन्छौ कि उनीहरुले यसो गर्नुको प्रमुख कारण के हो ?

शोधअन्तर्गत विभिन्न लैंगिक पहिचान भएका महिलाहरुको समूहका साथ छलफल गरियो, जसले अनलाइन सेक्शुअल सामग्री हेर्ने गरेका थिए । शोधकर्ताहरुले पाए कि डिजिटल प्रविधिले उनीहरुको यौन रुझानसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सहयोग पुगेको छ ।

पेरी भन्छिन्–यो स्पष्ट छ कि प्रौद्योगिकीले महिलाहरुलाई आफ्नो शर्तमा पोर्नोग्राफी हेर्ने र आफ्नो कामुकताको पक्षहरु खोज्न सक्षम बनाएको छ, जुन उनीहरुका लागि नयाँ हो ।

शोधकर्ताहरुले भनेका छन्–यो बुझ्नु महत्वपूर्ण छ कि समाजमा महिलाहरुको कामुकतालाई लिएर अहिले पनि रुढीवादी विचारधारा व्याप्त छ र यस्तो विचारधारामा पुरुषको आवश्यकता र इच्छाहरु बढी स्वीकार्य छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..