भारतीय प्रधानमन्त्री मोदी संसदमा बोलिरहँदा श्रीमती गम्भीर दुर्घटनामा, एक जनाको मृत्यु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी श्रीमती जसोदा बेनको कार दुर्घटनाग्रस्त भएको छ। मोदी संसदमा ‘तुम जितना किचड उछालोगे, कमल उतना खिलेगा’ भनिरहँदा श्रीमती दुर्घटनामा परेको खबर सार्वजनिक भएको हो ।

विवाहपछि नै मोदीले श्रीमती बेनलाई बेवास्ता गर्दै आएको भारतीय संचारमाध्यमहरुले जनाउने गरेका छन् । मोदी पत्नी जसोदा बेनलाई लिएर गइरहेको कार राजस्थानको चित्तौडगढ जिल्लामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको बताइएको छ। दुर्घटनामा सुरक्षा गार्ड पनि घाइते भएका छन् । प्रहरीले जसोदा बेनलाई उपचारका लागि अस्पताल लगिएको बताएको छ। यो दुर्घटना चित्तौडगढ–कोटा हाइवेमा भएको हो । दुर्घटनाको खबर सुन्ने बित्तिकै प्रहरीमा हंगामा मच्चिएको बताइएको छ।

किनभने जसै दुर्घटनाग्रस्त कारमा जसोदा बेन रहेको प्रहरीले थाहा पायो तब बरिष्ठ अधिकारीहरु घटनास्थल पुगेका थिए । यद्यपि उनका साथमा सवार कमाण्डरको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।

डाक्टर बख्शीका अनुसार जसोदा बेनकी भतिजी र उनकी छोरी पनि साथमै कारमा थिए । भतिजीको पनि टाउकोमा गम्भीर चोट लागेको छ । तर, उनकी छोरी सुरक्षित रहेको बताइएको छ।

दुर्घटना चित्तौढ जिल्ला सदरमुकामबाट ४५ किलोमिटर टाढा पारसोली प्रहरी चौकी क्षेत्रको काटुन्दा नजिक भएको भारतीय संचार माध्यमले जनाएका छन् । जसोदा बेनको चित्तौड अस्पतालमा उपचार भइरहेको छ। तर, घाइतेहरुको थप उपचार उदयपुरको आरएनटी मेडिकल कलेज लगिने बताएको छ।

पारसोलीका प्रहरी अधिकृत श्याम सिंहका अनुसार घटनामा बसन्त भाइ नाम गरेको व्यक्तिको मृत्यु भएको छ। श्याम सिंहले भने–दुर्घटना किन र कसरी भयो यसको छानविन भइरहेको छ, घाइतेलाई तत्काल अस्पताल लगिएको छ । जहाँ उनीहरुको उपचार भइरहेको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..