राष्ट्रियसभा निर्वाचनमा ९९ दशमलव ५२ प्रतिशत मतदान

काठमाडौ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यका लागी बुधबार भएको निर्वाचनमा ९९ दशमलव ५२ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश नंवर दुई बाहेक अन्य ६ प्रदेशका जम्मा १ हजार ६ सय ७७ मतदाता मध्ये १ हजार ६ सय ६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको जनाएको हो । मतदानमा ८ जना मतदाता अनुपस्थीत रहेको आयोजले जनाएको छ ।
राष्ट्रियसभा सदस्यका लागी भएको निर्वाचन उत्साहजनक र शान्तिपूर्ण रहेको प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जानकारी दिनुभयो । राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेको आयोगले जानकारी दिएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । हरेक प्रदेशबाट कम्तीमा ३ जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु ३ जनासहित ८ जना निवाचित हुने संवैधानिक प्रावधान छ । प्रमुख आयुक्त यादवले मतदान सकिए लगतै मुख्य निर्वाचन अधिकृतको रोहवरमा मतगणना कार्य सुरु भईसेकेको बताउनुभयो ।

राष्ट्रियसभा चुनावको परिणाम माघ २५ गते आइसक्ने र २६ गते यसको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने आयोगले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..