वाम एकतामा यसरी बाधा सिर्जना हुँदै

काठमाडौ । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको वाम एकताको प्रक्रिया जारी रहेको छ ।
दलहरुका नेताहरु पर्र्टी एकीकरणका लागि छलफल गरिरहेका छन् । तर सरकार गठनअघि दुई पार्टी एकीकरण नहुने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
पार्टी एकीकरणका लागि अझ धेरै गृहकार्य गर्नुपर्ने भएकाले सरकार गठनअघि वाम एकता नहुने उनीहरुले बताएका हुन् । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले ठिलोचाँडो वाम एकता हुने भए पनि सरकार गठन अगावै सम्भावना नरहेको बताएका छन् ।
सैद्धान्तिक तथा राजनीतिक विषयमा विमती नरहे पनि नेतृत्वको विषयमा दुई दलबीचमा सहमति जुट्न नसकेको उनले बताए । माओवादीका शीर्ष नेताहरुले भने सरकार गठन अगावै पार्टी एकीकरण हुनुपर्नेमा जोड दिइरहेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..