राष्ट्रियसभामा यसरी पुग्यो बाम गठबन्धनको दुई तिहाई मत

काठमाडौ । स्थानीय तह र प्रतिनिधिसभामा झण्डै दुई तिहाई जित हासिल गरेको बाम गठबन्धनले राष्ट्रियसभा सदस्यका लागि हिजो भएको निर्वाचनमा दुई तिहाई जित हात पारेको छ।

वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ। कूल ५९ सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले कूल ३९ सदस्य जित्न सफल भएको छ। एमालेले सबैभन्दा बढी २७ सदस्य जितेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ ।

कांग्रेसले १३ र माओवादीले १२ सिट जितेको छ । एकल संक्रमणीय मतका आधारमा भएको निर्वाचनबाट कांग्रेसलाई कम्तिमा ६ सिट फाइदा भएको छ । राजपा र संघीय समाजवादी फोरमले २–२ सिट जितेका छन् ।

बाँकी ३ जना अब राष्ट्रपतिले मनोनयन गर्ने छिन् । प्रदेशनम्बर १मा एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १ सिट जितेको छ । प्रदेशनम्बर २ मा राजपा २, फोरम २, कांग्रेस २, एमाले १, माओवादी केन्द्रले १ सिट जितेको छ ।

त्यस्तै प्रदेश नम्बर ३मा एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १ सिट जितेको छ भने प्रदेश नम्बर ४मा एमाले ३, कांग्रेस ३, माओवादी केन्द्र २ सिट जितेको छ । प्रदेश नम्बर ५मा एमाले ४, कांग्रेस २, माओवादी केन्द्र २ ले जितेको छ । प्रदेश नम्बर ६मा एमाले ५, माओवादी केन्द्र ३ र प्रदेश नम्बर ७ कूल संख्या ८ एमाले ४, माओवादी केन्द्र २, कांग्रेस २ सिट जितेको छ । निर्वाचित राष्ट्रियसभाका सदस्यहरुको अब सपथ भएपछि कार्यभार सम्हाल्नेछन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..