एउटी युवतीले दुई जना युवकसँग कसरी प्रेम गर्न सक्छिन् ? तर यसरी रहेछ सम्भव

एउटी युवती दुई जना युवकसँग कसरी प्रेम गर्न सक्छिन्, त्यो पनि एक समान प्रेम । नेपाली समाजका लागि त यो असहज र गर्नै नसकिने प्रश्न हो । तर यो प्रश्नको उत्तर शायद नोनी दिन सक्छिन् । किनभने उनको दुई प्रेमी छन् ।

नर्थ बरविक निवारी नोनी २३ वर्षकी भइन् । उनी भन्छिन् कि एउटै पार्टनरका साथ सम्बन्ध बिताउनुलाई उनी फसेजस्तो महशुस गरिरहेकी थिइन् । भलै उनलाई अति माया किन नहोस् । बीबीसी स्कटल्याण्डको डकुमेन्ट्री ‘लभ अनलिमिटेड’ का लागि नोनी भन्छिन्–एक पार्टनरसँगको सम्बन्धमा कुनै गलत छैन । तर मलाई लाग्छ कि यो संसारमा प्राप्त हुने मायालाई कुनै दायरामा किन बाँध्ने । म अलि लालची छु । म त्यस्ता मानिसलाई मन पराउँछु जो मलाई मन पराउँछन्।

खुला सम्बन्ध

‘पोलियेमरी’ त्यो सम्बन्धलाई भनिन्छ जब कुनै व्यक्ति एकै समयमा एकभन्दा बढीसँग सम्बन्धमा हुन्छ । नोनी भन्छिन् कि यसमा त्यो सम्बन्ध पनि समावेश हुन्छ जुन एक पार्टनरका अलावा बनाइने गर्दछ ।तर, उनका लागि यसमा केही नैतिक बाधाहरु पनि छन् ।

उनी मान्छिन् कि सम्बन्ध आफौम महत्वपूर्ण हुन्छ । नोनी मार्गन र ओलिभरका साथ सम्बन्धमा छन् । २७ वर्षीय मार्गन पेसाले एडमिनिस्ट्रेटर हुन् र २४ वर्षीय ओलिभर ड्रामा ग्रायजुएट हुन् । मार्गनसँग नोनीको भेट डेटिङ ऐप टिन्डरमा केही वर्ष पहिला भएको थियो । मार्गनले जब नोनीसँग पहिलो भेट गरेका थिए तब उनको पहिलाबाट एक जना गर्लफ्रेण्ड थिइन्, हैनी । हैनीसँग पनि सम्बन्ध चलिरहेकै थियो । मार्गन भन्छन् कि पोलियेमरी अर्थात एउटै समयमा एकभन्दा बढीसँग रुमानी सम्बन्ध राख्ने बारेमा उनलाई हैनीले नै बताएका थिए ।

उनले भने–जब मैले केही व्यक्तिसँग यसबारेमा कुरा गरेँ तब म आश्चर्यमा परेँ । उनलाई लाग्थ्यो कि खुला सम्बन्ध, पोलियेमरीजस्तो कुरा पुरुषको कुरा हो । किनभने यसमा धेरै यौन सम्पर्कका कुरा हुन्छ ।

लगाववाला सम्बन्ध

नोनी भन्छिन् कि मार्गन भावुक कुरा गर्ने हिसावमा निकै राम्रा छन् । यही कारण थियो कि ड्रामा पढ्नका लागि एडिनबरा गएपछि पनि मार्गसँग उनको सम्बन्ध टुटेन । मार्गनका अनुसार उनकी पुरानी गर्लफ्रेन्ड हैनीलाई यो कुराबाट कुनै समस्या थिएन कि नोनीसँग उनको सम्बन्ध छ, बरु उनी खुस थिइन् ।

उनी भन्छन्–हैनी निकै उत्साह बढाउँछिन्, सपोर्टिभ छिन् । हामीबीच धेरै कुरा यस्ता छन् जसमा हामी मिलेर खुसी मनाउँछौ ।

मार्गनका (रकीब) प्रतिद्वन्दी हुन् ओलिभर अर्थात उनकी प्रेमिकाका प्रेमी । दुवैबीच कुनै लगाववाला सम्बन्ध छैन । ओलिभर विगत १८ महिनादेखि नोनीका साथमा छन् । सन् २०१६ मा दुवैले एउटा शोमा एकसाथ काम गरेका थिए र फेरि दुवैबीच प्रेमको जालो फस्टाउँदै गयो । ओलिभर भन्छन् कि नोनीले पहिलो दिनमै यो स्पष्ट गरेकी थिइन् कि उनी पहिलादेखि नै मार्गनका साथ सम्बन्धमा छिन् । ‘त्यो नोनी नै थिइन् जसलाई यसमा कुनै आपत्ति थिएन ।’

प्रेममा पर्नु….

ओलिभर भन्छन्–कुनै यस्तो व्यक्तिको प्रेममा पर्नु, जसको पहिला नै साथी छ, त्यति सजिलो भने हुँदैन । यसमा निर्णय सोचविचार गरेर मात्र गर्नुपर्ने हुन्छ ।

उनी भन्छन्–यस्तो थिएन कि कुनै समस्या थिएन । तर यो विचारभन्दा बढी ठुलो कुरा थियो । यसमा समस्याहरु आउन सक्दथे ।

–कसैप्रति मन लगाउनु एउटा कुरा हो तर यदि तपाईको चाहना बढिरहेको छ तब यस्तो हुन सक्छ कि तत्कालै त लागोस कि ठिक छ अघि बढ । तर पछि जलन हुन सक्दछ । तर तब मैले निर्याय गरेँ कि म नोनीलाई मन पराउँछु र म यो सम्बन्धलाई अगाडि बढाउँछु ।

यो एकप्रकारको खुला रिलेशनसीप हो । त्यसैले ओलिभर यो कुराबाट स्वतन्त्र छन् कि उनी कुनै अरु पार्टनरसँग पनि सम्बन्ध बनाउन सक्दछन् । यदि उनले त्यसो गर्न चाहेको खण्डमा ।

कुनै प्रकारको भेदभाव

ओलिभर भन्छन्–यदि केही हुन्छ भने होस्, तर म यसका लागि कोशिस गर्ने छन…..तर म यसलाई इन्कार पनि गर्न सक्दिनँ ।
नोनीपनि यसमा सहमत छिन् । उनी भन्छिन्–मलाई खुसी लाग्नेछ यदि ओलिभरले कुनै युवती पाउन्….।

यद्यपि नोनी र ओलिभरको अक्सर भेट हुन्छ । किनभने उनीहरु एकअर्कासँगै बस्छन् । तर उनको मार्गनसँग पनि दिनहुँ कुरा हुन्छ । ओलिभर र मार्गनबीच नोनी कुनै प्रकारको भेदभाव गर्दिनन् । उनी भन्छिन् कि दुवैका साथ उनको सम्बन्ध पूर्ण रुपमा अलग छ ।

‘म तपाईलाई बताउन सक्दिनँ कि म चकलेट वा थिएटरमा कसलाई बढी मन पराउँछु । म त्यसलाई त्यही आँखाले हेर्छु । यो कुराले केही फरक पर्दैन कि म कसलाई कति माया गर्छु । यसबाट उनीहरु दुवैलाई पनि केही फरक पर्दैन । मेरा लागि दुवै महत्वपूर्ण छन् ।’

‘म अलगअलग तरिकाबाट दुवैका लागि प्रतिबद्ध छु । तर बुनियादी रुपमा कुनै पनि मेरा लागि एकअर्काभन्दा बढी छैनन् ।’

नैतिक जिम्मेवारी

यो सम्बन्धमा एउटा नैतिक जिम्मेवारी नोनीमा पनि छ। उनीमाथि ओलिभर र मार्गन दुवैलाई यौन सक्रामक रोगबाट बचाउने जिम्मेवारी पनि छ । यद्यपि उनी मात्र २३ वर्षकी छिन् । तर नोनी भन्छिन् कि दुई जना प्रेमी राख्नु उनको जीवनशैलीको च्वाइस हो, जसलाई उनी जारी राख्न चाहन्छिन् । उनलाई लाग्दैन कि यो निर्णय एउटा परिवार चलाउने बाटोमा आउनेछ ।

उनी भन्छिन्–म यस्ता मानिसहरुलाई चिन्दछु, जसको दुई जना प्रेमीछन् र जसका बच्चा पनि छन् । यो आम धारणा हो कि एक भन्दा अधिक प्रेमी मात्र सेक्ससँग जोडिएको विषय हो । तर यस्तो कदापि होइन । यो निकै पूरानो सोच हो कि बच्चाको एक आमा र एउटै पिता होस् ।

नोनी भन्छिन् कि पोलियेमरी एउटा नयाँ चलन हो तर यो अहिले पनि निषेधित जस्तै छ । यद्यपि अवस्था परिवर्तन भइरहेको छ।

‘मानिसहरु सताब्दियौदेखि पोलियेमरीजस्तो सम्बन्ध निर्वाह गरिरहेका छन् । तर स्कटल्याण्डमा यस्तो थिएन । हामी जतिजनासँग मिल्दछौ, उनीहरुले त्यतिनै चाँडो हामीलाई स्वीकार गर्न सुरु गर्नेछन् । म यसो भन्दिनँ कि हामी केही नयाँ गरिरहोक छौ । तर हामी यस्तो माहौल अवस्य बनाइरहेका छौ, जुन एउटा स्वस्थ समुदायका लागि जरुरी छ।’ बीबीसी न्युजका लागि स्टीवन ब्रॉकलहर्स्ट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..