शीतकालिन ओलम्पिकअघि उत्तर कोरियाले किन देखायो सैन्य शक्ति ? कारण यस्तो रहेछ

उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियामा शुक्रबारबाट सुरु हुन गइरहेको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको ठिक एक दिनअघि सैन्य शक्ति प्रदर्शन गरेको छ ।

उत्तर कोरियाली नेता किम जोंग उन आफ्नो सेनाको शक्ति देखाउनका लागि कार्यक्रममा उपस्थित रहे । यद्यपि सैन्य परेडको टेलिभिजनमा प्रत्यक्ष प्रशारण भने गरिएको थिएन । पत्रपत्रिकाका अनुसार टेलिभिजनमा कार्यक्रमको भिडियो मात्र देखाइएको थियो ।

आमरुपमा उत्तर कोरिया संसारसामु आफ्नो सैन्य शक्तिको प्रदर्शन हरेक वर्ष अप्रिल महिनामा गर्ने गर्दछ । तर, यसपटक यसले यो प्रदर्शन त्यस्तो समयमा गरेको छ जतिबेला ससारभरका देशका खेलाडीहरु आफ्नो छिमेकी मुलुक दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलका लागि जम्मा भइरहेका छन् ।

उत्तर कोरियाले पनि पदकको आशाका साथ प्रतियोगितामा खेलाडी पठाउने निर्णय गरेको छ। उद्घाटन समारोहमा उत्तर कोरिया र दक्षिण कोरियाको टिम एउटै ठुलो झण्डाका साथ मार्चमा भाग लिनेछन्।

दक्षिण कोरियाले आफ्नो राष्ट्रपति शनिबार उत्तर कोरियाका खेलाडीहरुसँग भेट गर्ने घोषणा गरेको छ । यो ओलम्पिक दलमा किम जोंग उनकी बहिनी किम यो जोंग पनि सहभागी छिन् ।

किम यो–जोंग पूर्व उत्तर कोरियाली नेता किम जोंग–इलकी सबैभन्दा कान्छी छोरी हुन् । गत वर्ष उनको राजनीतिक भूमिका बढाउँदै उनलाई पार्टीको पोलिटब्युरोमा समावेश गरिएको थियो ।

बिहीबार उत्तर कोरियाको सरकारी टेलिभिजनले सैन्य परेडक प्रदर्शन गरेको हो, य सबारे यसअघि कुनै जानकारी सार्वजनिक गरिएको थिएन । यद्यपि यो सैन्य परेड पछिल्लो केही वर्षमा भएका परेडको तुलनामा सानो थियो र टेलिभिजन फुटेजमा किम जोंग उन परेड अवलोकन गरिरहेको देखाइएको थियो । साथमा उनकी श्रीमती रि सोल जु पनि सामेल थिइन् । परेडमा भारी मात्रामा हतियार प्रदर्शन गरिएको थियो । सो अवसरमा किम जोंग उनले भने–उत्तर कोरिया विश्वस्तरीय सैन्य शक्ति बनेको छ।

यो वार्षिक प्रदर्शन आमरुपमा अप्रिलमा कोरियाली पिपुल्स आर्मीको स्थापना दिवसका अवसरमा हुने गर्दथ्यो । विगत ४० वर्षमा यो पहिलोपट हो, जब यसप्रकारको प्रदर्शन फेब्रुअरीमा गरियो । उत्तर कोरियामा यसप्रकारको सैन्य परेडलाई उच्च प्राथमिकतामा राख्ने गरिन्छ । एक प्रकारले संसारलाई देखाउने गर्दछ कि उसको सेनाको कति शक्ति छ । गत वर्ष अर्थात २०१७ मा उत्तर कोरियाले आफ्नो सैन्य परेडको प्रत्यक्ष प्रसारण सरकारी टेलिभिजनमा गरेको थियो । यसलाई कभर गर्नका लागि कयौ विदेशी पत्रकाहरुलाई पनि आमन्त्रित गरिएको थियो ।

गत महिना दक्षिण कोरिया सरकारले राजधानी प्योङयाङको एउटा विमानस्थल नजिकै करिब १३ हजार सैनिक र २० ठुला सैन्य हतियार देखाइयो । लाग्दछ कि यी सैनिक र हतियार यसी परेडको रिहर्सलको हिस्सा थियो ।

अमेरिका र अन्य देशको परवाह नगर्दै उत्तर कोरियाले सैन्य परेडका आयोजना गरेको हो । यसको कारण यो हुन सक्छद कि उ संसारलाई आफ्नो सैन्य शक्ति देखाउने अवसर गुमाउन चाहँदैन । तर, जानकारहरुका अनुसार सैन्य परेडको टेलिभिजनमा प्रत्यक्ष प्रसारण नगर्नुले देखाउँछ कि किम जोंग उन परेडलाई धेरै बढाई चढाई गरेर देखाउन चाहँदैन थिए ।

उत्तर कोरियामाथि उसको परमाणु कार्यक्रमका विषयमा संयुक्त राष्ट्रसंघले कडा प्रतिबन्ध लगाएको छ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..