अवैध रुपमा लुकाई राखिएको हुचिल चरा सहित पक्राउ

तनहुँँ । आबुखैरेनी गाउँपालिका–३ बिचबजार बस्ने ६० बर्षीया सुनमाया विश्वकर्मा र बन्दीपुर गाउँपालिका–६ बस्ने ६७ बर्षीय लिकबहादुर विकलाई जिवित हुचिल चरा १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सुनमायाको घरमा अवैध रुपमा लुकाई छिपाई काठको खोरमा राखेको अवस्थामा करीव ७ वर्षको जस्तो देखिने हुचिल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि प्रहरीले जिल्ला बन कार्यालय तनहुँमा बुझाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..