साहित्यकार तथा राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा

काठमाडौ । सरकारले राष्ट्रपति माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार अपरान्ह बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रपति घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनु भयो ।

बैठकले बुढिगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन उर्जा मन्त्रालयले तयार पारेको कार्ययोजना पनि स्विकृत गरेको छ । त्यसै गरी औद्योगिक भौतिक सम्पत्तिसम्बन्धि कानुन संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति पनि दिइएको छ ।

तपस्वी रामलाल बम्जनले ज्ञान प्राप्त गर्नु भएको बारास्थित हलखोरियालाई धार्मिक वनको रुपमा विकास गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बस्नेतले बताउनु भयो ।

सरकारले नेपाल र कतार सरकारबीच कुटनीतिक, सरकारी र विशेष राहदानी भएकाहरुलाई प्रवेशआज्ञा छुट दिने निर्णय पनि गरेको छ । त्यसैगरी विभिन्न परियोजना संचालनका लागि वन क्षेत्र उपलब्ध गराउने स्विकृति पनि सरकारले प्रदान गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..