आमा नहुँदाको पीडा कस्तो हुन्छ पुष्पा खनालको शब्दमा यसरी गीत बन्यो

गीतकार पुष्पाखनालको नयाँगीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिकभएको छ । आफ्नी आमाको सम्झनामा उनले यो गीत ल्याएकी हुन् ।

आफ्नी आमाद मन्ता खनाल दिवंगत भएको वार्षिक दिनमा आमालाई श्रद्धाञ्जली व्यक्त गर्न गीत सार्वजनिक गरिएको गीतकार खनालले बताइन् ।

उनले भनिन् “लेख्दा आफ्नी आमालाई सम्झेर लेखेँ, अब सबै आमाहरूमा समर्पण गर्न चाहन्छु ।”

यस गीतमा लक्ष्मण शेषको सङ्गीत र विन्दु परियारको स्वर रहेको छ । सङ्गीत गर्ने क्रममा आफ्नी आमाको धेरै याद आएको र त्यो पीडालाई सङ्गीतमार्फत् उतार्न निकै कठीन भएको सङ्गीतकार लक्ष्मण शेषले बताए ।

सबै दिवंगत आमाहरूप्रति समर्पित यो गीतमार्फत् मानिसको जीवनमा आमा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा खनालले व्यक्त गरेकी छन् ।
आमा साथैमा भए पनि यो गीत गाउँदा आमा नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुराले आफूलाई छोएको र त्यही महशूस हुने गरी आफूले स्वर दिने कोशिष गरेको गायिक ाविन्दु परियारले बताइन् ।

यो गीत अमेरिका बसाइका क्रममा एक महिनाअघि मात्र लेखेकी हुन् ।

दुई दशकदेखि गीत, सङ्गीत, कविता, कथामार्फत् साहित्य सिर्जनामा लागेकी पुष्पाका दुई वटा एल्वम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल)मार्फत् दर्जन बढी गीतहरू बजारमा आएका छन् । त्यस्तै गीत, कविताहरू सङ्ग्रहित पुस्तक ‘पोखिँए यसरी’ पनि सार्वजनिक भइसकेको छ ।

अन्जु पन्तको स्वर र गोविन्द मधुर आचार्यको सङ्गीत रहेको उनको गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ ले सात महिनामा पिआरविटीमार्फत् सर्वाधिक रोयल्टी प्राप्त गरेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..