त्रिशुली नदीमा जीप खस्दा सिंचाई मन्त्रालयका सचिवसहित तीनजना बेपत्ता

काठमाडौ । धादिङको बेनीघाट रोलाङबाट सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव सवार जिप त्रिशुली नदीमा खस्दा यादव सहित तीनजना वेपत्ता भएका छन् ।

बेनीघाट रोलाङ गाउँपालिका वडा नम्वर ३ को सलाङघाटबाट बा २ झ ३१४० जीप खस्दा सचिव यादव सहित तीनजना बेपत्ता भएका हुन् । आज विहान काठमाडौ आउँदै गरको जीप त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

सचिव यादव सहित उहाँका छोरा संजय यादव, परिचय खुल्न नसकेको एक जना किशोरी रहेको जीपका चालकलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

जिपमा अरु कति जना सवार दिए भन्ने खुलेको छैन । घाईते चालक निराज यादवलाई उपचारका लागि काठमाडौ ल्याइएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..