काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने मिनबहादुर श्रेष्ठको घर निर्माण गर्ने क्रममा कामदार बाह्रबिसे नगरपालिका–७ बस्ने ४२ वर्षीय दीर्घबहादुर थापा भन्ने बद्री थापाको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।
उनलाई दाङ तुल्सीपुर उपमहानगरपालिका–१२ बस्ने २० वर्षीय होमलाल गिरी समेतका ५ जना कामदारहरुले शुक्रबार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न सोही उपमहानगरपालिका–१२ बस्ने ४७ वर्षीय तुकलाल गिरीलाई शनिबार पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरुको खोजतलास .भइरहेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बनदेबी मन्दिरमा ३० वर्षीय नारायण चौधरी जोगीले दाउराको चिर्पटले प्रहार गर्दा सोही नगरपालिका–८ बस्ने चन्द्र जोगीको शुक्रबार घटनास्थलमै मृत्यु भएको छ । घटनाको खबर प्राप्त हुनासाथ खटी गएको प्रहरीले अभियुक्त नारायणलाई पक्राउ गरेको छ ।