दिसा नगरी मानिस कति दिन बाँच्न सक्ला ? एक जना व्यक्तिका कारण बेलायती प्रहरी यसरी हैरान !

बीस दिनसम्म दिसापिसाव नगरी बस्न सम्भव होला ? तर धेरै दिनसम्म दिसापिसाव नगरी बस्नु वास्तवमै समस्या निम्ताउने र स्वास्थ्यका लागि खतरनाक छ ? यो प्रश्न उठाउनुको कारण हो, बेलायत निवासी एक व्यक्ति जसले करिब करिब ट्वाइलेट नै नजाने कसम खाएका छन् । र, विगत २० दिनदेखि उनी शौचालय गएका छैनन् ।

प्रहरीका अनुसार उक्त व्यक्तिले आफ्नो शरीरमा ड्रग्स अर्थात नशालु पदार्थ लुकाएर राखेका छन् । प्रहरी सकभर उनलाई दिसा गराउने कोशिस गरिरहेको छ । तर तत्कालका लागि प्रहरी यो काममा सफल हुन सकिरहेको छैन ।

तर, यति धेरै दिनसम्म दिसा नगर्दा कुनै व्यक्तिको स्वास्थ्यमा असर पर्दैन ? यो कुरा साँचो हो कि उक्त व्यक्तिले आफ्नो शरीरमा नशालु पदार्थ लुकाएर राखेको होला । यसबाट उसको ज्यान खतरामा पर्न सक्दछ । तर यदि यस्तो भएन भने पनि उसको स्वास्थ्यमा केही बढी नराम्रो असर पर्ने छैन ।

युकेको सोसाइटी अफ प्राइमरी केयरका पाचकचन्त्रसम्बन्धी जानकार ट्रिश मैकनेयर भन्छिन्–यति कम समयमा तपाईको शरीरभित्र त्यति धेरै घातक पदार्थ जम्मा हुँदैन कि तपाईका लागि ठुलो खतरा उत्पन्न गराउन सकोस् ।

मैकनेरका अनुसार यसका कारण भूँडी फुल्न सक्दछ र फुट्न पनि सक्छ । तर कुनै स्वस्थ युवा व्यक्तिमा यस्तो हुनुअघि पेट सफा हुनेछ अर्थात उक्त व्यक्तिलाई ट्वाइलेट जान मन लाग्नेछ ।

उनी भन्छिन्–यसकारण तपाईको पेटको आन्द्रमा तिब्र पीडा हुनेछ र तपाईलाई खिचाव महशुस हुनेछ ।

प्रहरीले उक्त संदिग्ध व्यक्तिलाई हिरासतमा राखेको छ। प्रहरीका अनुसार उक्त व्यक्ति केही पनि खान मानिरहेको छैन । यसकारण उ ट्वाइलेट पनि गइरहेको छैन । तर वास्तविकता यो हो कि यसो गर्दा केही विशेष लाभ हुने छैन ।

मैकनेयर भन्छिन्–तपाई खाना खानुस कि नखानुस् पेटमा आन्द्राले लगातार आफ्नो काम गरिरहन्छ । र, यही कारणबाट हो कि तपाईको दिसामा मात्र एक तिहाई हिस्सा मात्र फेड वेस्ट हुने गर्दछ ।

‘यसमा मृत र राम्रा ब्याक्टेरियाका साथसाथै भूडीभित्रको छालाको हिस्सा पनि हुन्छ जुन छालाको बोक्राहरु जसरी निरन्तर चलिरहन्छन् ।’

मैकनेयरलाई आश्चर्य लागेको छ कि उक्त व्यक्ति दिसा नगरीकन यतिधेरै दिनसम्म कसरी रहन सक्यो । उनी भन्छिन्–यो मात्र समयको कुरा हो, लाग्ने अवस्य छ । आफ्नो इच्छामा काबु गरेर आफ्नो पेटमा अधिक दबाव बनाउनु काफी छैन । तपाई लामो समय यसमा काबु कायम राख्न सक्नुहुने छैन ।

जे भए पनि जबसम्म संदिग्ध व्यक्तिले दिसा गर्दैन तबसम्म उनलाई प्रहरीले निगरानीमा राखेको छ । र नियमित रुपमा उनको मेडिकल जाँच गराइरहेको छ। बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..