स्मार्ट च्वाईस टेक्नोलोजिजको अध्यक्षमा देबीप्रकाश भट्टचन चयन

स्मार्ट च्वाईस टेक्नोलोजिजको अध्यक्षमा देबीप्रकाश भट्टचन चयन 1

काठमाडौ । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा देबीप्रकाशभट्टचन चयन भएका छन् ।

कम्पनीको फागुन ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु ग्रुपकाअध्यक्ष देवीप्रकाशभट्टचनलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

स्मार्ट च्वाईस टेक्नोलोजिजले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धिकार्य गर्ने पहिलो राष्ट्रिय संस्थाको रुपमा सन् २००३ देखि कामगर्दै आएको छ ।

हाल यो संस्थामा १० वाणिज्य बैंकहरु सहित७० भन्दा बढी बैंक तथावित्तीय संस्था र सहकारी संस्थाहरु आवद्घ रहेका छन् ।
अन्तर्राष्ट्रिय नेटवर्क चाईना युनिअन पे सँग सहकार्य गरी कोब्रान्डेड आधुनिकचिपमाआधारित डेबिट कार्ड समेत जारी गरेको छ । यस्तो डेबिट कार्ड नेपालअधिराज्यभर र भारतमापनि सजिलै प्रयोग गर्न सकिने छ ।

loading...
Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: