सौराहामा फुड फेष्टिबल सुरु

चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा १२ औं सौराहा फुड फेस्टिबल आईतबारबाट सुरु भएको छ ।

प्रेम दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान ) सौराहाको आयोजनामा सुरु भएको फुड फेस्टिबल अर्थात खाना महोत्सवको एक भव्य समारोहकाबीच उदघाटन गर्दै एमाले नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भरतपुर विमानस्थलको क्षेत्र बढाउन सके चितवनमा पर्यटकको संंख्या बढने विश्वास व्यक्त गर्नु भयो ।

विमानस्थल नजिकै रहेको दि फेमस दल गणलाई शक्तिखोर स्थानान्तरण गरेर गण रहेको स्थान सबैलाई विमानस्थलको रुपमा विस्तार गर्नु पर्ने उनको भनाई छ । महोत्सव उद्घाटन अघि सौराहाको राप्ती किनार(ड्याम साईड) बाट विभिन्न जातजाति, संघसंस्थाको पहिचान झल्कने झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

महोत्सवमा करिव ७० वटा स्टल रहेका छन् । छ । जसमा खानाका मात्रै करिव ५० वटा स्टल रहेका छन् । यस पटक विषेश गरी थारु समुदाय र नेवार समुदायको खानाका परिकार छन् । महोत्सवमा यस वर्ष थप आकर्षणका लागि हात्ती वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनु भयो ।

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको सयुक्त आयोजनामा प्रेम दिवसको दिन फागुन २ गते यहाँ रहेका निजी र सरकारी हात्तीहरुलाई वनभोजमा सहभागी गराईनेछ । महोत्सवको प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । रेवान सौराहाले प्रेम दिवसको अवसर पारेर प्रत्येक वर्ष खाना महोत्सव गर्दै आएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..