सलमानलाई नेपाल ल्याउने पैसा धुर्मुस-सुन्तलिलाई दिएको भए राम्रा २ वटा वस्ती बन्थे !

काठमाण्डौ- बलिउडका चर्चित नायक सलमान खान नेपाल आउँने समाचारले नेपालि मिडियामा निक्कै स्थान पाईरहेको छ ।

मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ का लागि खानलाई आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाल ल्याउन लागेको हो । उनि नेपाल आउँने भएपछी रंग मिडियामा धेरै गसिपहरु बाहिरीए । ति मध्यमा नेपालि राजपटमा चलेकी नायिकाहरुले सलमानको कोरष डान्स गर्न इन्कार गरेको कुराले माहोल निकै ततायो ।
सलमान वलिउडकै महँगा नायक हुन् । नेपालमा उनलाई महँगो पैसा तिरेर ल्याईदैछ वलिउडक किंग नेपालमा आउँनुले नेपालि फिल्म ईण्डाष्ट्रीमा त राम्रै महत्व राख्ला तर उनलाई १२ करोड तिरेर नेपाल ल्याईदै गरेको समाचार बाहिरिए सँग सामाजिक सन्जालहरुमा यसको निकै आलोचना भैरहेको छ ।

१२ करोडमा ल्याईदै छ सलमानलाई
१२ करोडमा सलमानलाई ल्याउनु भन्दा त १२ करोड धुर्मुस सुन्तलिलाई दिएको भए अरू दुई ओटा नमुना बस्ती बन्ने थिए । हजारौं बालबालिकाले पढने अबसर पाउँथे सयौं हातले ति दातालाई रातदिन आशिर्वाद दिँदै पुकार्थे । गरिबको जिबन फेरीने थियो तर यहाँ महंगो टिकटमा सलमान लाई हेर्नेको ठुलो जमात छ ।

भगवान आउनै लागेसरी किन मरिहत्ते ?
करोडौँ तिरेर आउँन लागेका खानलाई भगवाण भित्रिन लागेको मान्ने एकथरी जमात छ भने यत्रो तडकभड्क र ठुलो धनराशि खर्च गरेर कार्यक्रम गर्ने हुन्नथ्यो भन्ने जमात पनि छ ! देशकै हालत कस्तो छ मान्छेहरु अभाव गरिबी रोगब्याजले दिनहुँ मरिरहेका छन् अझै हामीले उनलाई ल्याए वापत करोडौँ तिर्नुपर्ने ? यो कस्तो अचम्मको कुरा हो । मान्छेहरु खाना नपाई, न्यानो नपाई छटपटिएर मरिरहेका छन् ।

नेपालि नायिकाहरु द्वारा वहिष्कार:
मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरुले नाच्न अस्विकार गरेका छन् । नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले सलमानको शोमा नाच्न अस्विकार गरेका हुन् । किन गरे त दबंग खानको शोमा नाच्न यी नायिकाले अस्विकार ?

‘हामीलाई सम्मान नै भएन’, नायिका स्वस्तिमा खड्काले सुनाइन्, ‘हामी सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा । अनी हामीले ननाच्ने भनेका हौं ।’ उनले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरिन् । ‘पारिश्रमिक पनि हामीलाई एकदमै हेपेर प्रस्ताव गरियो ।’ बुझिए अनुसार एक लाख पारिश्रमिकमा कोरस, ड्रेस र रिहलसल्स सकाउनु पर्ने आयोजक कम्पनीको प्रस्ताव थियो ।

छक्क परे सलमान
यता ओडिसीका प्रमुख सिमान्त गुरुङले प्रस्ताव गरिएका नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने बताए । ‘यो कुरा हामीले सलमानलाई पनि भनिसकेका छौं’, उनले भने, ‘उहाँ छक्क पर्नु भयो ।’ कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको गुरुङले दाबी गरे ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..