सपनामा यौनसम्बन्धी कस्तो सपना देख्नुको अर्थ के हुन्छ ?

हामी सबै जना निद्रामा सपना देख्ने गर्दछौ । अक्सर सपनाको मतलव के हो, यो थाहा पाउने उत्सुकता हामीभित्र सबै रहने गर्दछ । कयौपटक हामी यौनसँग सम्बन्धित सपना पनि देख्ने गर्दछौ । र, हामी जान्न चाहन्छौ कि यसको अर्थ के होला ? यहाँ यौनसँग सम्बन्धित सपना र त्यसको अर्थ र संकेतका बारेमा उल्लेख गरिएको छ।

सहकर्मीका साथ सम्बन्ध

यस्तो सपना देख्नुको अर्थ तपाई आफ्नो त्यो सहकर्मीप्रति आकर्षित हुनुहुन्छ भन्ने हो । वा यो पनि हुन सक्छ कि तपाई उक्त व्यक्तिसँग हालैबाट सम्पर्कमा हुनुहुन्छ र उभित्र केही विशेष केही छ जुन तपाई आफूभित्र समेट्न चाहनु हुन्छ ।

यौनाङ्गको बारेमा विचित्रको सपना देख्नु

यदि तपाईले यौनाङ्गसँग सम्बन्धित विचित्रको सपना जस्तो कि एउटा स्थानमा दुई वटा लिङ्ग देख्नु भयो भने यसको अर्थ यो हो कि तपाई आफ्नो यौन इच्छाहरुलाई लिएर कुनै प्रकारको अपराधबोधको शिकार बन्नु भएको छ।

आफ्नो साथीको पार्टनरसँग सम्बन्ध कायम गर्नु

यस्तो सपना देख्नुको अर्थ तपाई आफ्नो साथीको पार्टनरप्रति आकर्षित हुनुहुन्छ । तर तपाई त्यसबाट टाढा रहनु जरुरी छ। तपाईलाई थाहा हुनुपर्दछ कि उनको के विशेषताले तपाईलाई प्रभावित पारेको छ र तपाई त्यसलाई आफ्नो जीवनबाट कसरी निकाल्न सक्नु हुन्छ ।

गे सेक्स देख्नु

विज्ञहरुका अनुसार यसप्रकारको सपना देख्नुको अर्थ तपाईले आफ्नो यसप्रकारको इच्छा दबाउनु भएको छ। यही, केही विज्ञहरुका अनुसार यसको अर्थ यो पनि हुन्छ कि तपाई जुन लिङ्गका व्यक्तिहरुबीच यौन सम्पर्क गरेको देखिरहनु भएको छ, त्यसको विशेषता आफ्नो जीवनमा ल्याउन चाहनु हुन्छ । जस्तै युवती युवतीबीच सम्बन्ध कायम गरेको देख्नु हुन्छ भने यसको अर्थ तपाई उनीहरुजस्तै क्रियटिभ र केयरिङ्ग बन्न चाहनु हुन्छ ।

जनावरका साथ सम्बन्ध

यसको अर्थ यो होइन कि तपाई वास्तवमै जनावरसँग यौन सम्बन्ध कायम गर्न चाहनु हुन्छ । यसप्रकारको सपना देख्नुको अर्थ तपाई त्यसप्रकारको क्वालिटी आफ्नो जीवनमा ल्याउन चाहनु हुन्छ वा ल्याउन थाल्नु भएको छ भन्ने हो ।

दुईभन्दा बढीसँग सम्बन्ध

यसप्रकारको सपना देख्नुको अर्थ तपाईको जीवनमा केही विशेष भइरहेको छ । तर तपाई स्वयम योभन्दा अलग भएको महशुस गरिरहनु भएको छ । यसको अर्थ यो पनि हुन्छ कि तपाई मानिसलाई अघि बढ्दै गरेको देखिरहनु भएको छ । तर तपाईको जीवनमा भने कुनै परिवर्तन आइरहेको छैन । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..