दिमागमा छ मुखमा आउँदैन किन ?

तपाई कुनै शन्द याद गरिरहनु भएको छ, त्यो तपाईको दिमागमा पनि छ, तर मुखमा आउँदैन, यस्तो तपाई पनि भएको हुनुपर्छ ।

यस्तो सबैलाई हुन्छ । पटकपटक यस्तो लाग्छ कि त्यो शब्द तपाईको मुखमा छ । तर, बाहिर आइरहेको छैन । त्यसो त मिल्दोजुल्दो सबै शब्द मुखमा आउँछ तर दिमागमा लाखौपटक जोड गर्दा पनि उक्त सटिक शब्द चाहिएको बेला याद आउँदैन । तपाई उल्झनमा पर्नुहुन्छ ।
यसलाई हल्कामा लिने गल्ती नगर्नुहोला । यो एकप्रकारको रोग हो । वैज्ञानिकहरुले यो रोगको नाम लेथोलजिका राखिएको छ। अंग्रेजी यो शब्द बढी पूरानो भने होइन, यो ग्रीक भाषाको दुई शब्द मिलेर बनेको हो ।

पहिलो शब्द हो लथे अर्थात भूल्ने बाँनी । र अर्को शब्द हो लोगोस जसको अर्थ पढाई हो । पुरानो युनानी कथामा लेथे एउटा नदीको नाम थियो । यो ती पाँच नदीमध्ये थियो जहाँको पानी यो दुनियाबाट मरेर जानेहरुले पिउँथे, उनीहरु यो संसारको याद भूल्न यहाँको पानी पिउने गर्दथे ।

जिब्रैमा रहेको शब्द याद गर्न नसकिने यो रोगको नाम २०औं शताब्दीमा चर्चित मनोवैज्ञानिक कार्ल गुस्ताभ जंगले राखेका हुन् । यद्यपि जंगबाट पनि पहिला लेथोलजिका शब्दको जिकिर अमेरिकाको इलस्ट्रेटेड मेडिकल डिक्शनरीमा सन् १९१५ मा भएको थियो ।

यद्यपि अहिले यो शब्द कसले सोच्यो, पहिलोपटक यो रोगको नाम कसले राख्यो त्यो महत्वपूर्ण होइन । यो पक्का हो कि थाहा भएर पनि जिब्रो शब्द नआउने यो रोगका विषयमा सबैभन्दा पहिला कार्ल जंगले नै काम गरेका थिए ।

मेडिकल साइन्सको प्रगतिसँगै यो रोगका बारेमा हाम्रो बुझाई पनि राम्रो हुँदै गएको छ। ब्रिटिश मनोवैज्ञानिक टम स्टैफोर्ड भन्छन्–हाम्रो दिमागले कम्प्युटरले जसरी काम गर्दैन कि तपाईले कुनै कुरा सर्च गर्नुभयो र तत्काल जवाफ हाजिर होस् ।

वास्तवमा कुनै शब्द वा जानकारी हामी जति गहिरोसँग बुझ्छौ, महशुस गर्दछौ, हाम्रो दिमागमा त्यही रुपमा शब्द वा जानकारी आफूभित्र अलगअलग तरिकाले राख्दछौ ।

कुनै पनि मानिसका लागि पढेको शब्द सही समयमा याद गर्न करिबकरिब असम्भव छ । अंग्रेजी भाषालाई नै लिनुस् । अक्सफोर्ड डिक्शनरीमा आजको मितिमा ६ लाख शब्द छन् । तर अंग्रेजीका कति धेरै यस्ता शब्द छन् जुन यसमा छैन ।

जानकारहरुका अनुसार आमरुपमा हरेक मानिस बोल्ने र लेख्नमा औषतः पचास हजार शब्द प्रयोग गर्ने गर्दछन् । यसलाई वैज्ञानिकको भाषामा कुनै मानिसको सक्रिय शब्दकोष हो । यसका अलवा पनि हरेक व्यक्तिलाई अरु शब्द थाहा हुन्छ ।

तैपनि त्यस्ता शब्दहरु हामी कमै प्रयोगका ल्याउँछौ । र, यसप्रकार आफ्नो दिमागलाई सन्देश दिन्छौ कि यी शब्दको महत्व हाम्रा लागि कम छ । परिणामतः दिमागले त्यस्ता शब्दहरुलाई छानेर कुनै यस्तो स्थानमा राखिदिन्छ कयौपटक थाहा भएर पनि त्यो याद आउँदैन ।

यस्तो लाग्छ कि बस अहिले तपाईको जिब्रोमा यो शब्द आयो तैपनि याद आउँदैन । यो त्यही स्थिति हुन्छ जस्तो हामी कुनै वस्तु बाक्सामा राखेर भूल्ने गर्दछौ ।

र, जुन वस्तु हामी नियमित रुपमा प्रयोग गर्दैनौं, त्यसलाई भुल्छौ । यही अवस्था शब्दको हकमा पनि हुने गर्दछ । जुन शब्द हामी साह्रै कम प्रयोग गर्छौ, त्यस्ता शब्दलाई दिमागले आफ्नो कुनै पूरानो बाक्सामा बन्द गरेर भुलिदिन्छ ।

त्यस्तै शब्द हुन्छन् जुन दिमागलाई धेरै दबाव दिँदा पनि याद आउँदैन । जस्तो कि पुरानो सामान, जसका बारेमा तपाईलाई त थाहा छ कि कतै राखिएको छ, तर कहाँ ? निकै बल गरेर स्मरण गर्दा पनि याद आउँदैन ।

यस्ता हजारौ शब्द हुन्छन् जुन हाम्रो दिमागको कुनै बाक्सामा बन्द रहेका हुन्छन् । र, धेरैपटक चाहिएका बेला याद आउँदैन ।

लेथोलजिका यस्तै रोग हो, जसमा हामी शब्द पनि भुल्दछौ । र, त्यसको ठाउँठेगाना पनि । अर्थात त्यो शब्दसँग हाम्रो सम्बन्ध ट्टदछ । तर, त्यो हाम्रो दिमागको स्टोरेजको ठाउँ पनि घेरिरहन्छ ।

शायद हामीलाई आवश्यकता छ, ग्रीक पूराणहरुमा रहेको नदी, लेथेको पानी पिउने । ताकि अनावश्यक कुरा भुल्न सकियोस् । आफ्नो दिमागमा स्टोरेज स्थान बनाउन सकियोस् ।

यसको फाइदा अनावश्यक जानकारी दिमागबाट हट्नेछ र हामी आफ्नो आवश्यक कुरा मात्रै स्मरणमा राख्न सक्नेछौ । ताकि आवश्यक परेका बेला तत्काल निकाल्न सकियोस् । बीबीसी हिन्दीबाट मार्क गीनको रिपोर्टको भावअनुवाद ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..