कुटीकुटी श्रीमतीको हत्या गर्ने श्रीमान प्रहरी फन्दामा

अछाम। अछामको कमलबजार नगरपालिका २ मा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

गएराती ३३ वर्षीया स्थानीय पवित्रा खड्का घरमै मृत भेटिएपछि उनका श्रीमानले हत्या गरेको आशंकामा मृतकका श्रीमान ३५ वर्षीय केशव खड्कालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछि आज बिहान इलाका प्रहरी कार्यालय कमलबजरको टोली घटनास्थल पुगेर मुचुल्का तयार गर्दै खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घरभित्रै महिलाको शव भेटिएपछि हत्या भएको हुनसक्ने भन्दै उनका श्रीमानलाई नियन्त्रणमा लिईएको न्यौपानेले बताउनुभयो । घट्नाको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

डिएसपी न्यौपानेका अनुसार मृतक पवित्राको शरीरभरि निलडाम रहेका छन भने टाउकोमा समेत गहिरो चोट लागेको छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको अछाम प्रहरीले जनाएको छ । मृतक पबित्राका २ छोरी र २ छोरा रहेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..