अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

धनकुटा । जिल्लाको धनकुटा नगरपालिका(१० उत्तरपानीस्थित धर्मशाला नजिकैको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ।

सोमबार राति १२ बजेतिर एनसेल टावरको ब्याट्रीमा आगजनी गरेको प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले जानकारी दिए। आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरी सहायक निरीक्षक खड्काले जानकारी दिए।

आगजनीले टावरमा रहेको एकपट्टीको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ भने अर्को्तिर रहेको चारवटा ब्याट्रीमा सामान्य क्षति भएको छ। जसको कारणले टावर सञ्चालन हुन सकेको छैन।

यता एनसेल कम्पनीले टावरमा क्षति पुग्ने कुनै किसिमको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। एनसेलको टावरमा आगजनी भएपछि अहिले सो भेगका करिब सयौं प्रयोगकर्ता मारमा परेका छन्।

छिटोभन्दा छिटो मर्मत गरी पुनः टावर सञ्चालनमा ल्याउनुपर्ने स्थानीय युवा मंगलसिंह विश्वकर्माले जानकारी दिए। राति करिब १२ बजेतिर विस्फोटको आवाज आएको आफूहरू त्रसित बनेको भन्दै उनले सुरक्षा व्यवस्था सहज बनाउन राज्यले ध्यान दिनुपर्ने बताए। सुरक्षाको हिसाबले सो ठाउँको करिब चार किलोमिटरको दूरीमा हिले प्रहरी चौकी रहेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..