उधाैलीकाे अवसर पारी गायिका मिलन अमात्यले गाइन् साकेला गीत

गायिका मिलन अमात्यले पहिलो पटक किरात समुदायको संस्कृतिमा आधारित साकेला गीत गाएकी छन् ।
साकेला उधौलीकै सन्दर्भ पार्दै उनले आफूले पहिलो पटक साकेला गीत गाएको बताएकी छन् । साकेला उधौलीको अवसरमा उनले शुभकामना समेत दिएकी छन् ।
गीतमा शब्द र लय शिवसंगम राईको रहेको छ भने स्वर अमात्यका साथै भूमिराज राईको पनि रहेको छ । आफूले गाएको साकेला गीतको एरेन्ज सुन्दर लामाले गरेको उनले बताएकी छन् । गायक भुमिराज राई युके रहने भएकाले उनले आफ्नो आवाज भने युके मै रेकर्ड गर्ने जानकारी संगितकार शिबसंगम राईले जानकारी दिएका छन ।किराँतहरुको संस्कृती र मिथकमा आधारित शब्दहरु समेटेर शब्द संयोजन गरेर सके सम्म धेरै किराँतीहरुको साकेलाको प्रतीनिधी साकेला गीत बनाउने प्रयास गरेर ढोल झ्याम्टाको प्रयोग गरेर साकेलाको धुनलाई जिबन्त बनाउने कोशीस भएको रचनाकार तथा सँगितकार शिबसंगम राईको दाबी रहेको छ ।केहि समय अगाडी लिम्बु भाषाको गीत सार्बजनिक गरेकी अहिलेकी ब्यस्त लोकप्रिय गायिका मिलन अमात्यको यो पहिलो किराँती साकेला गीत हो ।गायक भुमिराज राई र मिलन अमात्यले यस अघी;  ‘यो जुनिमा’ र ‘कुन सन्जोगले’ गितमा आवाज दिएका छन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..