शास्त्र भन्छ ‘बिहीबार यी कार्यहरु गर्दा शुभफल प्राप्त हुन्छ’

हामीले कुनै पनि कार्य गर्दा शास्त्र अनुसार गरेमा धेरै राम्रो फल प्राप्त हुन्छ।

कुनै गर्दा कार्य कुन बार गर्दा राम्रो हुन्छ भनेर जानेर गरेमा आईपर्न सक्ने समस्याबाट छुटकारा पाउँछौँ । विहीबारलाई धार्मिक दिन मानिन्छ।

ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ केहि यस्ता कार्यहरु छन् जुन बिहिबार गर्दा उचित हुन्छन्।

बिहिबारको यी कार्य गर्नुहोस् शुभफल प्राप्त हुन्छ

– भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्।
– केरा दान गर्नुहोस् ।
– सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।
– केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।
– केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
– पहेँलो वस्तु दान गर्नुहोस् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..