नेहा कक्कड काठमाडौं आउँदै, यस्तो छ दुई दिनको कार्यक्रम

काठमाडौं। चर्चित बलिउड गायिका नेहा कक्कड काठमाडौं आउने भएकी छिन् । उनले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..