६८ वर्ष पहिले भएको थियो बलिउडको पहिलो बोल्ड फोटोसुट, यी हिरोइनले दिएकी थिइन् यस्ता पोज

मुम्बइ। आजको पुस्ताका हिरोइनहरुले बोल्ड फोटोसुट गराउनु सामान्य मानिन्छ । लगभग सबैजसो म्यागजिनले हिरोइनको बोल्ड फोटोलाई आफ्नो कभर बनाउँछन् । हिरोइनहरुले चर्चा बटुल्छन् । तर, यस्तो घटना १९५१ मै भएको थियो भनेर सोच्न सक्नुहुन्छ ?

जुन समयमा युवतीहरु फिल्ममा अभिनय गर्नै हिच्किचाउँथे । अभिनय गर्नेहरु पनि सारीमा देखिन्थे । त्यो समयमा पनि एक हिरोइनले निकै बोल्ड फोटोसुट गरेर सबैलाई चकित बनाइदिएकी थिइन् । ती हिरोइन थिइन् बेगम पारा ।

बेगम पाराले लाइफ म्यागजिनको लागि निकै बोल्ड फोटोसुट गराएकी थिइन् । यो फोटोसुटमा उनले सेतो सारीमा चुरोटको सर्को लगाउँदै यति बोल्ड पोज दिएकी थिइन् कि उनलाई बलिउडकी पहिलो ‘बमसेल’ र ‘पिनअप गर्ल’को नामले चिन्न थालियो । बेगम पाराको यो फोटोसुट त्यतिबेलाका चर्चित फोटोग्राफर जेम्स बुर्केले गरेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..