कलाकार सुदर्शन गौतमविरुद्ध इन्टरपोलमामा ‘रेड नोटिस’ जारी

काठमाडौं । मानव तस्करीको आरोप लागेका कलाकार सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमामा ‘रेड नोटिस’ जारी भएको छ ।

गौतमविरुद्ध बिहीबार इन्टरपोलमा ‘रेड नोटिस’ जारी भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक एसएसपी उत्तमराज सुवेदीले प्रष्ट पार्नु भएको छ ।

मानव तस्करी गर्दै आएको एक समुहलाइ समात्ने क्रममा सुदर्शनको पनि नाम जोडिएपछि गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले रेड नोटिस जारी गरिएको हो । उनलाई फरार अपराधि बनाएर मुद्धा पेश गरिएको प्रहरीले जनाएको छ ।

हाल गौतम क्यानडा बस्दै आउनु भएको छ । कलाकार गौतमको दुवै हात छैनन् । नायिका रेखा थापासँग ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर चर्चामा आउनुभएको थियो । गौतमले कृतिम हात नलगाई सगरमाथा आरोहण गरेर साहासिक रेकर्ड पनि राख्नु भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..