मेडिकल साइन्समा अर्को चमत्कार, ड्रोनमार्फत दश मिनेटमा मृगौला पुराइयो

न्यूयोर्क। अमेरिकाको बाल्टीमोरदेखि म्यारीलयाण्डका अस्पतालमा ड्रोनमार्फत मृगौला पठाउन सफलता मिलेको छ। ड्रोनले पाँच मिलेमिटरको दूरीमा दश मिनेटमा मृगौला पठाउन सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

ड्रोनमार्फत ल्याएको मृगौला ४४ वर्षीया महिलामा प्रत्यारोपरण गरिएको थियो। युनिभर्सिटी अफ म्यारील्याण्ड मेलिकल सेन्टरका डाक्टरका अनुसार बाल्टीमोरकी ती महिला विगत आठ वर्षदेखि डायलिसिस गर्दै आएकी थिइन्। अहिले उनको मृगौला प्रत्यारोपण गरिएको छ।

मृगौलालाई सुरक्षित रुपमा पुर्याउन त्यो भन्दा पहिला ड्रोनमा मेडिकलका सामाज राखेर परीक्षण गरिएको थियो। त्यसपछि फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) को निगरानीमा मृगौला अस्पताल पठाइएको थियो। डाक्टरको टीमले ड्रोनलाई निगरानी गरेका थिए। यो काम गर्न विशेषज्ञको पूरै टीम लागिपरहेको थियो।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..