आज आइतबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

आज आइतबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल 1

वि.सं. २०७६ साल ज्येष्ठ ०५ गते । आईतबार । ईश्वी सन् २०१९ मे १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि प्रतिपदा,५२ घडी ३४ पला,रातको ०२ बजेर १७ मिनट उप्रान्त द्वितीया । नक्षत्र अनुराधा,५४ घडी १६ पला,रातको ०२ बजेर ५८ मिनेट उप्रान्त ज्येष्ठा । योग परिध,२१ घडी ५८ पला,दिउसो ०२ बजेर ०२ मिनेट उप्रान्त । करण वालव,दिउसो ०२ बजेर ३४ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मृत्यू योग । चन्द्रराशि बृश्चिक ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ४९ पला ।


मेषः
समय अनुकुल भन्दा प्रतिकुल बढि देखिन्छ । काम गर्ने वातावरण भत्किने देखिन्छ । अनावस्यक काममा धन बढि खर्च हुनेछ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला घाटा हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ आम्दानी घट्नेछ । मानसिकत तनाव बढि हुनेछ । विश्वासमा अविश्वास थपिनेछ । शत्रु खोज्न टाढा जानु पर्ने छैन ।

वृषः समयले साथ दिनेछ मिलिजुली काम गर्दा कुनै फरक पर्ने छैन । थोरै प्रयत्न गर्नु होला नयाँ कार्य योजना सजिलै अगाडि बढ्ने छन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विदेश यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । आफन्तको सहयोग मिल्नेछ ।

मिथुनः साना साना काम सफल गर्न पनि धेरै संघर्ष गर्नु पर्नेछ । मेहनत गर्न पछि नपर्नु होला परिश्रमको अन्तिम फल मिठो निस्कनेछ । व्यवहारिक सहयोग मिल्ने छैन,अव्यवहारिक व्यक्ति भेटिने छन् । धन लिने दिने काम गर्दा सोच विचार गर्नु होला । दुष्टहरुको बक्रदृष्टि पर्नेछ । व्यापारमा सुधार आउनेछ ।

कर्कटः गरे जस्तो सोचे जस्तो काममा सफलता मिल्ने छैन । तर गरेका कामबाट आँशिक लाभ भने हुनेछ । दिएको धन डुब्न सक्छ । चिन्तन मननमा मात्रै धेरै समय नफाल्नु होला । प्रेम प्रस्ताव आउन सक्छ । व्यापार व्यवसाय मन्द गतिले अगाडि बढ्ने छन् । मिलिजुली कुनै काम गर्ने रहर नगर्नु होला ।

सिंहः उपलब्धिका काममा भन्दा भेटघाट रमाईलोमा समय बढि खर्च हुनेछ । आफन्तका कारण धन खर्च हुनेछ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । विदेशको चहाना बढ्नेछ । पारिवारिक समस्या बढ्ने छन् । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

कन्याः साहास,धैर्यता र पराक्रम बढ्नेछ । विज्ञान प्रविधि तथा अग्नि तत्व प्रधान कामबाट लाभान्वित हुनुहुनेछ । पुराना काम धेरै जसो फस्र्योट हुनेछन् । आफन्तको सहयोग मिल्नेछ । राजनीतिमा सक्रियता बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । वोलीको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ ।

तुलाः आर्थिक संरचनालाई नचलाई काम गर्नु होला । आफन्त सँग भेटघाट हुनेछ । आफन्तका कारण धन नास हुनसक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । प्राविधिक काममा लगानी नबढाउनु होला । धनको सहयोग नगर्नु होला । कुराको सहयोग गर्दा हुन्छ ।

वृश्चिकः गलत विचार र गतिरोधको अन्त्य हुनेछ । मान्यजनबाट काम गर्ने हौसला मिल्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्न सक्छ । प्राविधिक कामबाट लाभान्वित हुनुहुनेछ । ऋण लगानी नबढाउनु होला । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ ।

धनुः समय प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिन सक्छ,सचेत रहनु होला विगतका उपलब्धि गुम्न सक्छन् । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी खेर जान सक्छ । अनावस्यक विषय बस्तुमा समय लगानी हुनेछ । आफन्त सँगको विश्वास र भरोसा टुट्न सक्छ । फजुल खर्च बढ्नेछ ।

मकरः समयको सदुपयोग गर्नु होला,अलमलमा नपर्नु होला । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । थोर प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । जीवन साथिको सहयोगमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायमा प्रचुर सम्भावना देखिने छन् ।

कुम्भः समस्या समाधान हुनेछन् । समयले साथ दिनेछ । विगतका समस्या समाधान भएर जानेछन् । कुरा काट्ने सहयोगको हात फैलाउने छन् । सामाजिक काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । वैदेशिक काम काजबाट लाभ हुनेछ । धार्मिक गतिविधि बढ्ने छन् । रमाईलो घुमफिर हुनेछ ।

मिनः पूर्ण रुपेण काम गर्ने वातावरण बन्ने छैन । अनावस्यक विषय बस्तुमा अल्झिनु पर्नेछ । मानसिक तनावमा कमि आउनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । कला साहित्यतिर अभिरुची बढ्नेछ । आफन्तका कारण धन क्षय हुनसक्छ । जिब्रोलाई नियन्त्रणमा राख्नु होला । भाग्यले कम साथ दिनेछ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..