सन्तले भने–बगैंचाबाट सुन्दर फूल लिएर आउ, युवक खाली हात फर्किए

एउटा पुरानो लोककथाका अनुसार एक युवक प्रशिद्ध सन्तकहाँ गए र भने–स्वामीजी म छाटो समयमा सबैभन्दा अगाडि पुग्न चाहन्छु, मलाइ यस्तो उपाय बताइ दिनुस् जसबाट म सिधै मेरो लक्ष्य भेट्टाउन सकूँ।’

सन्तले भने–ठिक छ म तिमीलाई त्यो उपाय बताइ दिन्छु, तर तिमीले त्यो भन्दा पहिला मेरो एउटा काम गर्नुपर्छ। मेरोे बगैंचामा गएर दुई वटा सुन्दर फूल टिपेर ल्याउ। तर के कुरा ध्यानमा राख्नु भने एक पटक अगाडि बढिसकेपछि पछाडि फर्केर फूल टिप्न पाइँदैन।’

युवकले भने–म अहिले नै फूल टिपेर ल्याउँछु। यो त सानो काम त हो नी।’ युवक सन्तको बगैंचामा गए। उनले सुरुमै सुन्दर फूल देखे। युवले यो भन्दा अगाडि झन सुन्दर फूल हुन सक्छन् भन्ने लाग्यो र सुन्दर फूलको खोजीमा अगाडि बढे। जब उनी बगैंचाको पल्लो छेउमा पुगे, त्यहाँ सुन्दर फूल थिएनन, त्यहाँ त ओइल्याएर झर्न लागेका फूलमात्र थिए। यो देखेर युवक निरास हुँदै खाली हात सन्तकहाँ फर्किए।

सन्तले सोधे–तिमीले गुलावको फूल नदिइ किन खाली हात आयौ?’ युवकले भने–स्वामीजी बगैंचामा निकै सुन्दर फूल थिए। तर म सबैभन्दा सुन्दर फूलको खोजीमा थिएँ। त्यही भएर म बगैंचाको पल्लो छेउसम्म पुगेँ। तर बगैंचाको पल्लो छेउमा सबै फूल ओइलाएर झर्न लागेका रहेछन्। त्यही भएर म खाली हात आएँ।’

सन्तले युवकलाई सम्झाउँदै भने–हाम्रो जीवन पनि यस्तै हो। त्यसो हुनाले प्रारम्भबाट नै काम गर्न सुरु गर्नुपर्छ। अवसर आउने वित्तिकै त्यसको उपयोग गर्नुपर्छ। धेरै राम्रो अवसरको खोजीमा हातमा आएका अन्य अवसरलाई गुमाउनु हुँदैन। नत्र अन्तिममा खाली हात फर्किनुपर्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..