लोकसेवा अलमलमा, आदालतको आदेश पर्खिदै

काठमाडौ। विज्ञापनका विषयमा विवाद सुरु भएपछि लोकसवा अयोग अन्यौलमा परेको छ ।

स्थानीय तहका लागि लोक सेवा आयोगले खुला गरेको विज्ञापन रद्द गर्ने कि विज्ञापनपछिको प्रक्रियालाई अघि बढाउने भन्ने बिषयमा लोक सेवा आयोग अन्यौलमा देखिएको छ ।

आयोगलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म केही प्रतिक्रिया नदिएकाले आयोगले बोलेको छैन ।

विज्ञापनका विषयमा सर्वोच्च अदालतमा रिट परेकाले आदेश कुरिरहेको आयोगका सदस्य बिन्द्रा हाडाले बताउनुभयो ।

लोक सेवा आयोगले १५ दिन अगाडी स्थानीय तहका लागि नौ हजार एक सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो । अहिलेसम्म एक लाख २० हजार भन्दा बढीले विज्ञापनमा आवेदन दिइसकेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..