‘बीर बिक्रम-२’को जापानको नागोया लगायत १२ सहरहरुमा ग्राण्ड प्रिमियर हुदैँ

निर्देशक मिलन चाम्सको नयाँ चलचित्र बीर बिक्रम २ जापानको नागोया लगायत १२ सहरहरुमा ग्राण्ड प्रिमियर हुने भएको छ । आगामी २८ र ३१ जुलाई २०१९ मा हुने प्रिमियर शोमा निर्देशक मिलन चाम्स, कार्यकारी निर्माता अर्पण सापकोटा, नायिका वर्षा शिवाकोटी, नायक पल शाह, बुद्धि तामांग, क्षितिज सुबेदी ‘कागे डन’ र नाजिर हुसेन उपस्थित हुनेछन ।

नेपालमा राम्रो चर्चा बटुलेको बीर बिक्रम २ अत्यधिक दर्शक चापका बीच प्रदर्शन भएको थियो ।

निर्देशकले नेपाल भ्रमण बर्ष २०२० लाई मध्य नजर गरेर बाह्य तथा आन्तरिक पर्यटनमा टेवा पुर्याउने हेतुले नेपालको सुन्दर पर्यटकीय क्षेत्रमा महँगीको पर्वाह नगरी बिना सम्झौता चलचित्र छायांकन देखि एउटै गीतमा पच्चीसौं लाख खर्च गर्नु चानचुने नभएको जिकिर जाहेर गर्नु भयो।

 

यस चलचित्रमा निर्देशक मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको छ । चलचित्र ‘बीर-विक्रम २’ मा वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बिनिषा भण्डारी, मनिष लिम्बु, देशभक्त खनाल, कृजन गौतम, सौरभ शाह लगायतका अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् ।

सो चलचित्रलाई जापानमा प्रदर्शन गर्न नाकामाज म्यूजिकल ब्यान्डले जिम्मा लिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..