आज र भोलि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्ला रहने

चितवन । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

फागुन १७ र १८ गते उक्त सडकमा गाडी नरोकिने आयोजनाले एक सूचना जारी गरी जनाएको हो । यसअघि उक्त सडकमा बिहान १० देखि अपराह्न ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो ।

नेपालीले मनाउँदै आएको रंगैरंगको पर्व होलीलाई ध्यानमा राखेर यात्रुको सहजताका लागि सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

त्यस सडकमा गाडी रोकिँदा ट्राफिक व्यवस्थापनमा प्रहरी परिचालन हुँदै आएका छन् ।यस्तै, ट्राफिक प्रहरीले समेत हिजो नै सार्वजनिक सूचना जारी गरी आज र भोलि सडक खुला रहने जानकारी दिएको छ ।सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिब ७५ प्रतिशत पूरा भएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..