बाहिर रङ्गिन देखिने चलचित्र जगत भित्रभित्र कति अन्धकार छ श्रीदेवीको मृत्युले पुष्टि गर्छ

बलिउड सुपरस्टार श्रीदेवीको मृत्युले केही अट्कलहरु जन्माएको छ। यसमध्ये केही विल्कुल निराधार छन् । तर उनको निधनले यो उद्योगलाई भित्री रुपमा बुझ्ने मानिसहरुलाई तथाकथित यो सपनाको दुनियाँमा महिलाहरु र बाहिरबाट चलचित्रमा भाग्य खोज्नेहरुमा परेको दबावबारे बोल्ने हिम्मत दिएको छ।

बलिउड स्टारहरु हिन्दी चलचित्र उद्योगलाई अक्सर ‘एउटा ठुलो परिवार’का रुपमा उल्लेख गर्दछन् । तर, यो ठुलो रचनात्मक समुदायमा एउटा दरार निकै तिब्रताका साथ ठुलो हुँदैछ , यसलाई नजरअन्दाज गर्न कठिन छ।

सफलताको पछाडिका कठिनाइहरु

श्रीदेवीको मृत्युपछि यो उद्योगका महिलाहरुमा परिरहेको दबाव र उनीहरुको सफलताको पछाडिका कठिनाइसँग जोडिएका सन्देश सामाजिक सञ्जालहरुमा भरपुर भएको छ।

उनीहरुका ती कयौ आशाका दशाको पर्दाफास गरेको छ जुन बलिउडमा केही राम्रो गर्ने सपना सजाएर मानिसहरु मुम्बई पुग्ने गरेका छन् ।

ढल्कदो उमेरलाई लुकाउने, सधैं जवान देखिने बोझ र स्कैन्डल्सलाई लुकाउन परिदृष्यका कारण सुरु गरिएको #MeToo जस्ता अभियान केबल हलिउडको सत्य होइन ।

एक जना बलिउड एक्टरले नाम प्रकाशन नगर्ने सर्तमा भने–बलिउड शायद पुरुष प्रधान मानसिकता र पुरुषको तुलनामा युवा महिलाहरुको शोषणको इतिहासबाट अरु पनि खराब स्थितिमा छ ।

विगत दुई दशकदेखिक केही वेभसाइट्स यो उद्योगका स्टारहरुसँग जोडिएका रोमान्स, ब्रेकअप, मादक पदार्थ र मदिरा सेवनका साथसाथै अपराधिक कृत्यहरुसँग सम्बन्धित जानकारीहरु लिक गरिरहेका छन् ।

व्हिट्नी ह्युस्टन र श्रीदेवीको मृत्युमा समानता

जब यो थाहा भयो कि श्रीदेवीको मृत्यु बाथटबमा ‘दुर्घटनाबश डुबेका’ कारण भयो तब बलिउड अभिनेत्री सिमी ग्रेवालले श्रीदेवी र व्हिट्नी ह्युस्टनको मृत्युमा विचित्र समानतासम्बन्धी ट्वीट गरिन् ।

पोस्टमार्टमम रिपोर्टका अनुसार ११ फेब्रुअरी २०१२ मा ह्युस्टन आफ्नो होटलको कोठामा कोकेनको नशा र मुटुरोगका कारण गल्तीबश डुबेकी थिइन् ।

भारतमा अहिलेसम्म कम्तीमा पनि १६ जना अभिनेत्री र ९ जना अभिनेताले आत्महत्या गरेका छन् । यसमध्ये अक्सर निर्णय कथित रुपमा चलचित्र उद्योगको माग पूरा गर्न नसक्नु वा मन टुटेका कारण डिप्रेशनका कारण लिइएको पाइन्छ ।

यस्तो लाग्छ कि बलिउडमा सफल र आकर्षक देखिइरहनका लागि यो उद्योगका शीर्ष स्टारहरु निकै दबावमा छन् । सफल अभिनेत्री दीपिका पादुकोणले सार्वजनिक रुपमा यो माहौलमा डिप्रेशनबाट पीडित भएको स्वीकार गरेकी थिइन् ।

‘एउटा डरलाग्दो सपना’

चलचित्र निर्माता रामगोपाल वर्माले सामाजिक सञ्जालमा लेखेका थिए कि श्रीदेवी आफ्नो वास्तविक जीवनमा कति दुःखी थिइन् ।उनको तुलुगू ब्लकबस्टरमा श्रीदेवीले काम गरेकी थिइन् । उनले देखेका छन्–श्रीदेवी आफ्नो जीवनको कठिन अवस्थाबाट गुज्रिसकेकी थिइन्। बाल कलाकारको रुपमा चलचित्र करिअर चाँडै सुरु गरेका कारण जीवनमा उनले सामान्य गतिले अघि बढ्ने समय कहिल्यै पाइनन् ।

बाहिरी शान्तिभन्दा बढी, उनको आन्तरिक मानसिक स्थिति चिन्ताको विषय थियो ।

वर्माले फेसबुकमा लेखेका छन्–भविष्यलाई लिएर अनिश्चितता र उनको निजी जीवनमा राम्रो परिवर्तनले सुपरस्टारको सम्बेदनहीन दिमागमा गहिरो दाग छोड्यो, जसबाट उनलाई कहिल्यै शान्ति प्राप्त भएन ।

श्रीदेवी किन बेचैन महशुुस गर्थिन् ?

गत वर्ष वीर सांघवीसँग कुरा गर्दै श्रीदेवीले बलिउडको काम गर्ने तरिकाका लागि कसरी आफू स्वयमलाई तयार गरिन् भन्ने कुरा बताएकी थिइन् ।

उनले सांघवीसँग भनेकी थिइन् कि दक्षिण भारतीय फिल्ममा काम गर्ने क्रममा उनी ६ बजे बिहान सुटिङ सुरु गर्दथिइन् । तर मुम्बईमा उनले अबेर रातिसम्म अभिनेताहरुलाई सेटमा प्रतिक्षा गर्नु पर्दथ्यो । जसका कारण उनलाई बेचैनी महशुस हुन्थ्यो ।

हिन्दी र अंग्रेजी चलचित्रहरुका साथ मिडियाको रवैया पनि श्रीदेवीका लागि एउटा मुद्दा रह्यो । उक्त कुराकानीमा उनले भनेकी थिइन् कि बलिउडमा उनको चलचित्र प्रवर्द्धन कार्यक्रम उनका लागि एउटा नराम्रो सपनाजस्तै हुन्थ्यो, जब क्यामेरा लिएका पत्रकार उनका पिछा गर्दथे । यसबाट उनी निकै नै असहज महशुस गर्दथिइन् ।

कस्मेटिक सर्जरी र श्रीदेवी

मडियामा उनलाई ‘थन्डर थाई’को नामले सम्बोधन गरिन्थ्यो । सजिलै पाँच भाषा बोल्ने श्रीदेवीको अंग्रेजी बोल्न नसक्नुलाई पनि म्यागाजिनका पानामा ठट्टाको रुपमा उडाइन्थ्यो ।

उनको मृत्युको कारणको पछाडि युवा देखिइरहनका लागि गरिएका कस्मेटिक सर्जरीको प्रभावको अनुमान पनि लगाइएको थियो । श्रीदेवी पहिला नै कयौपटकको कुनै पनि प्रकारको अपरेशनको खण्डन गरिसकेकी छन् । यद्यपि बलिउड स्टारहरुमा कस्मेटिक सर्जरी आम कुरा हो ।

#MeToo र भाइ–भतिजावाद

विगत दुई दशकका क्रममा कयौ युवा कलाकारहरुले बताएका छन् कि कसरी बलिउड बाहिरका कलाकारका लागि प्रतिकुल स्थान बनेको छ।दुईपटकसम्म राष्ट्रिय पुरस्कार विजेता र टप बलिउड अभिनेत्री कंगना रनौत भन्छिन्–मलाई एउटा कुकुरको जस्तो व्यवहार गरियो ।

उनले भनिन् कि साना सहरहरुबाट आशा लिएर पुगेका उनीजस्ता मानिसका लागि शोषक बलिउडको प्रतिकुल मानसिकता कस्तो छ र भनिन् कि त्यो उनको मुटुमा एउटा घाउजस्तै छ।

बलिउडका वर्तमान अधिकारी र निर्माताहरु अलग छन्, सफल, समृद्ध र शक्तिशाली । यसमध्ये अधिकांश पूर्व स्टारकाहरु र चलचित्र निर्माताका सन्तान छन् ।

अर्कातिर तेस्रो पिढीका ‘स्टार किड्स’ भलै विदेशमा पढे र जसलाई बलिउडमा अक्सर ‘बाम्बे युप्पीज’ भन्ने गरिन्छ । रनौतका अनुसार कयौ आशावादी जो स्वयमलाई बाहिरी भन्छन् र जो कुनै पूर्व स्टार वा शक्तिशाली फिल्मी परिवारको सुरक्षात्मक नेटवर्कका हुँदैनन्, उनीहरु शोषणप्रति असुरक्षित हुन्छन्।

उद्योगसँग जोडिएका स्टार र चलचित्र निर्माताहरुले कंगनाको यो बयानबारे खुलेर गरेको प्रश्नले उनलाई तनाव दियो । उनको टिकाटिप्पणीले ठुला स्टार वा परिवारसँग सम्बन्धित बलिउडका वर्तमान स्टारबीच बहस सुरु गरिदियो ।

यो उद्योगमा शाहरुख खान, अनुष्का शर्मा, रणवीर सिंह र दीपिका पादुकोणजस्तै बाहिरी सफल कलाकारलाई पारम्परिक स्टुडियो र फिल्म निर्माताहरुको बलियो समर्थन प्राप्त छ।

उद्योगको सामु आएको यी कठिन मुद्दामा र्चा बलिउड र सार्वजनिक क्षेत्रमा दवाइयो । श्रीदेवीको दुखद अन्यले ‘बलिउड भित्रबाट कति सुन्दर छ’ यो विषयमा आत्मनिरीक्षणको अवसर दिएको छ। बीबीसी हिन्दीमा भारतीय पत्रकार सुधा जी तिलकको टिप्पणी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..