जय शम्भुमालाखौंको सेट, एक्शनमाधमाका, चार क्यामराले एक साथ फिल्म खिच्दै

काठमाडौं । केहीदिन अघिमात्र फिल्म जय शम्भु घोषणा गरिएको थियो । फिल्म जय शम्भु घोषणाकै दिनदेखी फ्लोरमागएको हो । हालफिल्म जय शम्भुको छायाँकन चलचित्रविकास कम्पनीबालाजुमाभईरहेको छ । १० दिनको सेडुलमा विकास कम्पनीमा शुटिङ भईरहेको छ ।

शुरुमाफिल्मकामूख्यकलाकारहरु अनुपविक्रमशाही, प्रशान्तताम्राकार र बर्षा शिवाकोटीको परिचयात्मकएकशनसिनखिचिएको हो ।फिल्मको शुटिङ एक साथचार क्यामराले भईरहेको छ । फिल्ममा रेड ४ दशमलव ५ के २ वटा, गोप्रो ४ के १ वटा र फ्लाटोन ४ के ड्रोन एउटा प्रयोग गरिएको छ । फिल्मकानिर्माण टिमले एक्शन र गीतमामात्रनभई पुरै फिल्ममाचार क्यामरा प्रयोग हुने बताईएको छ ।

उक्तएक्शनसिनको लागिलाखौं खर्च गरेर सेट तयार पारिएको छ । सेट तयार पार्न १० लाख बढि खर्च भएको र सेटसँगै लाखौंको प्रोपर्टि राखिएको छ । सेटको लागि ३ वटा पुरानाकार र एउटा जिपखरिद गरिएको निर्माण पक्षले जानकारी गराईएको छ ।

एक्शनकोरियोग्राफर श्री श्रेष्ठले फिल्म जय शम्भुमाएक्शनको नयाँ अपडेट शुरु गर्न लागिएको बताएका छन् । उनले फिल्म जय शम्भुमा जस्तो सिन अरु फिल्ममाहाल सम्मनभएको दावी गरेका छन् । गाडीलाई रिङगमा घुमाउने, १० फिट उचाईमा गाडी उडाउने लगायतकासिनहरु ज्य शम्भुमा रहने उनले बताएका छन् । फिल्मको कलाईमेक्समामात्रै ३० लाख बढि खर्च हुने एक्शनकारियोग्राफर श्री श्रेष्ठले बताएका छन् ।

फिल्मकानिर्देशक रुपेश तामाङले हालएक्शनकासिहरु भईरहेको र एक्शन पुरै बलिउडकै स्टाईलमा नेपालमापहिलो पटक खिच्नलागेको दावी गरेका छन् । हालमूख्यकलाकारहरु अनुपविक्रमशाही, प्रशान्तताम्राकार र बर्षा शिवाकोटीको एक्शन सि भईरहेको छ । फिल्मको ८० प्रतिशत बढि सिन काठमाडौंमाखिचिने छ भने बाँकी अन्नपूर्ण बेसक्याम्पमाखिचिने योजना रहेको छ । प्रस्तुतकर्ता दिनेश शाही रहेको जय शम्भुमानिर्माता अरविन्द्र शाक्य छन् भने कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्रपाख्रिन छन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् भने प्रोडक्शन डिजाईनर शंकर बस्नेत रहेकाहुन् ।फिल्मनयाँबर्षको श्रावण १ मा रिलिजहुने बताईएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..