यस्तो साइजको कम्मर र नितम्ब भएका महिलालाई हृदयघातको सम्भावना बढी

जुन महिलाको कम्मर उनको नितम्बभन्दा ठुलो हुन्छ, उनीहरुमा हृदयघात हुने खतरा यस्तै शरीर भएका पुरुषहरुमा भन्दा बढी हुने गर्दछ ।

नितम्बको चौडाई कम्मरवाला शरीरलाई ‘स्याउजस्तो आकारको शरीर’ भन्ने गरिन्छ । यही कम्मरभन्दा भारी नितम्बवाला शरीरलाई ‘नसपातिजस्तो आकारको शरीर’ भनिन्छ ।

अस्ट्रेलियाको जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसार यस्ता महिलाहरुमा हृदयघात अन्दाजा उनीहरुको बीएमआई (बडी मास इन्डेक्स) को साटो, नितम्ब र कम्मरको अनुपातबाट लगाइनु पर्दछ ।

बीएमआई कसैको लम्बाई, चौडाई र तौलको अनुपात हो, जसले तौल सामान्यभन्दा बढी छ, कम छ वा ठिक छ भन्ने बताउँछ ।

शोधकर्ताहरुका अनुसार महिलाहरुको नितम्ब–कम्मरको अनुपातवाला तरिका बीएमआईभन्दा १८ प्रतिशत बढी र पुरुषमा ६ प्रतिशत बढी उपयुक्त हुन्छ । साथै उनीहरुले यो पनि स्पष्ट पारेका छन् क महिला होस् वा पुरुष, बढी बीएमआई अर्थात मोटोपन दुवैका लागि खतरनाक छ।

बोसो र लिङ्ग यो रिपोर्टका मुख्य शोधकर्ता डाक्टर सैन पिटर्सले अक्सफोर्डमा भने–शरीरको कुन हिस्सामा बोसो जम्मा भइरहेको छ र त्यसमा जेन्डरको के भूमिका छ, यो बुझ्दा भविष्यमा गएर महिला र पुरुषहरुका लागि अलग अलग उपचार खोज्न सहयोग मिल्नेछ ।साथै संसारभरमा फैलिएको मोटोपनको महामारीको सामना गर्ने बाटो पनि खुल्नेछ ।

रिपोर्टमा भनिएको छ कि पुरुष र महिलाहरुमा शरीरको अलग अलग हिस्सामा अलग अलग प्रकारको बोसो जम्मा हुन्छ ।महिलाहरुको बोसो छालाको एकदम तल जम्न लाग्छ, जसलाई सबक्युटेनियम फ्याट भनिन्छ । यसैका कारण बढी तौल भएका महिलाहरुको पेट र अनुहार झोल्लिएको र थिलथिलो देखिन्छ ।

यही पुरुषको बोसो शरीरको बिचको हिस्सामा रहेको भित्री अंग जस्तै लिभर, पैनक्रियाज, आन्द्रा आदिको माथि जम्छ, जसलाई भिसरल फ्याट भनिन्छ ।

डाक्टर पिटर्सका अनुसार, अहिले यो शोध अधिकांश गोरा मानिसमा मात्रै गरिएको छ, त्यसैले बाँकी स्थानमा यसमा काम गर्न बाँकी छ।

ब्रिटिश हर्ट फाउन्डेशनका सिनियर कार्डिएक नर्स एशले डाँगेटले भनिन् कि–हाम्रो एउटा पूरानो अध्ययनमा यो सावित भएको थियो कि महिलाले अक्सर समय रहँदै मुटु रोगको चेतावनी र उपचार पाउँदैनन् । त्यसैले यो थाहा पाउन रोचक छ कि शरीरको आकारबाट पनि यसको संकेत प्राप्त हुन सक्दछ । अस्पतालका स्टाफले जाँच गर्ने बेलामा यो कुरामा ध्यान राख्न सक्नेछन् । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..