मृत्युपछि श्रीदेवीका सौतेनी छोराको यस्तो व्यवहार देखियो, मृत्युसँगै मेटियो चिसोपन

शनिबार अबेर साँझ दुबईमा अन्तिम स्वास, मंगबार साँझ पार्थिव शरीर भारत ल्याइनु र बुधबार पञ्चतत्वमा विलिन हुनु, चार पाँच दिनमा कपुर परिवारका लागि सबै कुरा बदलियो, त्यो पनि सधैंका लागि । आउनेवाला दिन कहिल्यै पनि पहिलाजस्तो हुनेछैन ।

स्पष्ट छ, यो पल श्रीदेवीका श्रीमान बोनी कपुर र उनका छोरीहरु–जाह्नवी र खुशीका लागि निकै मुस्किल छ । तर श्रीदेवीको निधनबाट उनको अन्तिम संस्कारसम्म एउटा जुन व्यक्तिको विशेष चर्चा भइरहेको छ, ती हुन बोनी कपुरका छोरा अर्जुन कपुर ।

अर्जुन बोनीका प्रथम श्रीमती मोना शोरी कपुरका छोरा हुन् र श्रीदेवी उनका सौतेनी आमा हुन् । अतितमा यस्ता खबर पनि आएका थिए कि श्रीदेवीसँग उनको सम्बन्ध राम्रो थिएन र यसको कारण पनि बुझ्न सकिन्थ्यो ।

को हुन् बोनीकी पहिलो श्रीमती

बोनी कपुरले सन् १९८३ मा मोनासँग विवाह गरेका थिए । सन् १९६५ मा अर्जुन कपुरको जन्म भएको थियो र १९८७ मा उनकी बहिनी अंशुलाको । तर केही वर्ष पछि नै बोनी र श्रीदेवी यति नजिक भए कि दुवैले सन् १९९६ मा विवाह गरे ।

जब हालै सोधिएको थियो कि अहिले उनीहरुका सम्बन्ध कसतो होला तब उनले स्पष्ट गरेका थिए कि कुनै सम्बन्ध छैन । उनले पहिला श्रीदेवीका बारेमा उनी बोनी कपुरकी श्रीमती हुन्, मेरी आमा होइनन् भनेका थिए ।

जाह्नवीका बारेमा के भनेका थिए ?

सौतेनी बहिनीसँगको सम्बन्धका बारेमा अर्जुनले भनेका थिए–हामी आमरुपमा भेटघाट गर्दैनौ र साथमा समय पनि बिताउँदैनौ, यस्तो अवस्थााम कुनै पनि सम्बन्ध नै छैन ।

तर, श्रीदेवीका निधनका बेला अर्जुन कपुर जसरी आफ्नो पिता र सौतेनी बहिनीका साथ उभिए, त्यो प्रशंसायोग्य मानिएको छ र बोनीले उनको प्रशंसा गर्न पनि ढिला गरेनन् ।

श्रीदेवीको अन्तिम संस्कारपछि जारी वक्तव्यमा बोनीले यो कुराको जिकिर गरेका हुन् । उनले लेखेका छन्–म आफ्नो परिवार, साथीहरु, सहयोगी, श्रीदेवीका प्रशंसकहरुलाई धन्यवाद दिन चाहन्छु, जो मसँगै उभिए ।

अर्जुन अंशुलाको प्रशंसा

‘म भाग्यमानी छु कि मलाई अर्जुन र अंशुलाको साथ, माया प्राप्त भयो, जो मेरा खुसी र जाह्नवीका लागि बलियो स्तम्भ रहे । हामीले एकसाथ एकै परिवार यो असहनीय घटनालाई झेल्ने कोशिस गरिरहेका छौ ।

अर्जुन र अंशुला दुःखको यो घडीमा वास्तवमै हरपल आफ्नो पिताका साथ देखिए । जब श्रीदेवीको निधन भयो तब बोनी दुबईमा थिए । तर अर्जुन कपुर पञ्जावको लुधियानामा थिए, जहाँ उनको एउटा चलचित्रको सुटिङ चलिरहेको थियो ।

घटनाबारे जानकारी प्राप्त हुने बित्तिकै उनी दुधियानाबाट दुबई प्रस्ताव गरे र पछि लगातार बोनीका साथ देखिए । यसका साथै अंशुला, बोनी दुबइबाट फर्केपछि लगातार आफ्नो परिवारका साथ रहिन् ।

सामाजिक सञ्जालमा पनि चर्चा

र, सामाजिक सञ्जालमा पनि अर्जुन कपुरको यो व्यवहारको निकै प्रशंसा भइरहेको छ। सोम्याले लेखेकी छन्–जसरी विपगत चार दिनमा आफनो परिवार सम्हाले, यो देखेर गर्व लागेको छ। तपाई आफ्नो पिता र सौतेनी बहिनीका साथ लगातार उभिनु ।

@altunia_razia ह्याण्डलबाट लेखिएको छ–अर्जुन कपुरलाई लिएर गर्व महशुस भइरहेछ । श्रीदेवीका साथ निकै चिसो सम्बन्ध भए पनि जसरी उनले कपुर परिवारलाई साथ दिए सहयोग गरे र सम्वेदनशील अवस्थालाई सम्हाले, त्यो गज्जवको छ।

एक ट्वीटर युजरले लेखेका छन्–विशेषगरी जसरी उनी आफ्नो चलचित्र सुटिङ छोडेर बोनी कपुरलाई सहयोग गर्न गए ताकि दुबई प्रहरीसँग श्रीदेवीको शव हासिल गर्न सकियोस् र उनले जाह्नवी र खुसीको ठुलो दाई भएको सम्बन्ध पनि राम्रोसँग निर्वाह गरे ।

पहिला आलोचना पनि..

श्रीदेवीको निधनपछि अर्जुन कपुरले कुनै ट्वीट गरेका थिएनन्, न त कुनै अभिव्यक्ति दिएका थिए । यो कुरालाई लिएर केही मानिसमा चर्चा पनि चलेको थियो । तर पछि जसरी उनले अवस्थालाई सम्हाले, सबै प्रश्न स्वयममा सकियो ।

…ले लेखे–किनभने अर्जुन कपुरले सामाजिक सञ्जालमा रिप लेखेर श्रीदेवीको कुनै तस्वीर हालेनन् र मिडियासामु कुनै बयान दिएनन् । तब सबै उनीमाथि सबैले उनीमाथि आक्रमण गर्न सकेनन् ।

‘तर, यो हेर्नुस् आज उनले के के गरे, आफ्ना पिता र बहिनीका साथ उभिइरहुन् । तपाई निकै राम्रा छौ अर्जुन ।

जब खुलेर बोलेका थिए अर्जुन

वास्तवमा श्रीदेवीको निधनमा अर्जुनको व्यवहारको यति प्रशंसा भइरहेको छ, त्यसैले विगतका दिनमा दुईबीचको सम्बन्ध प्रश्नको घेरामा रह्यो । जी कैफेलाई दिएको एउटा इन्टरभ्युमा उनले यो विषयमा खुलेर आफ्नो विचार राखे।

जब उनलाई सोधियो कि के उनको बाल्यकाल आक्रोशपूर्ण रह्यो, उनले जवाफ दिए–मलाई विश्वास छ कि म लाई आक्रोशपूर्या अवस्थाबाट गुज्रे होला, तर अन्ततः तपाईले बुझ्नु हुनेछ । तपाईका पिता जुन निर्णय गर्दछन्, त्यसमा तपाई केही पनि गर्न सक्नु हुन्न । यसबाट यो तय हुँदैन कि तपाई कस्तो मानिस बन्नु हुन्छ ।

‘श्रीदेवीको सम्मान गर्दछु’

यो तपाईको यात्राको हिस्सा हुन सक्दछ, तर पूरा यात्रा होइन । मेरा पिताले यस्तो गरे त्यसैले मेरा मेरा सबै फैसला यसैमा निर्भर गर्नेछ, यो सही हुनेछैन । जीवनमा यस्तो चलिरहन्छ । र उनी मेरा पिताका रुपमा मौजुद थिए ।

श्रीदेवीसँगको सम्बन्धका बारेमा उनले भनेका थिए–मधुस सम्बन्ध थियो । मेरा पिताको जीवनमा जे छ, म त्यसको सम्मान गर्दछु । किनभने उहाँ पनि त्यही चाहनु हुन्छ । त्यसैले म उनको सम्मान गर्दछु र उनका लागि कहिले पनि नराम्रो चाहने छैन । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..