माओवादीले मन्त्रीको नाम टुंग्याएका सबै यसकारण छन् सशंकित

काठमाडौ । माओवादीको भागमा परेका सातमध्ये दुई मन्त्री नियुक्त भइसकेका छन् ।

बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भइसकेको प्रचण्डको सचिवालयले जनाएको छ ।

तर, फोरम पनि सरकारमा सहभागी हुँदा एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ ।

अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुने सम्भावना देखिन्छ ।

त्यसैले मन्त्रीका लागि छानिएकाहरू ‘रिङ आउट’ हुन सक्ने भन्दै सशंकित छन् । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो अझै लगाएको छैन । नयाँ पत्रिकामा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..